धरान : सामुदायिक विद्यालय तथा वालविकास केन्द्रका २ सय २७ बालबालिकाहरुलाई शुक्रबार जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

धरान–१३ नम्बर वडाको आयोजना तथा धरानका दाताहरुको सहयोगमा वडाका २ सामुदायिक विद्यालयसहित ५ वालवाविकास केन्द्रका वालवालिकाहरुलाई ७९ हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो । वडामा रहेको ५ वटा वालवाविकासका ७७ जना वालवालिका र साम्ुदायिक विद्यालयमातर्फ पब्लिक मावि फुस्रे र अमर प्राविका कक्षा १ देखि ५ सम्मका १५० जना वालवालिकाहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । वालविकास केन्द्रका वालवालिकाहरुलाई ट्याकसुट र १ देखी ५ सम्मका वालवालिकाहरुलाई स्विटर प्रदान गरिएको उनले जनाए । विद्यालयमा पुगेरै वडाका जनप्रतिनिधिसहित दाताहरुले हस्तानतरण गरेका थिए ।

baalbalika

धरान–१ का रोशन राई, धरान–१६ का राजु बस्नेत, धरान–१३ का टंक लिम्बू, धरान–१६ का रोशन राई, लोटस विद्या विहारका सञ्चालक तथा प्रिन्सिपल गणेश राई र संगीता राई र धरान–१३ का कैलाश कार्कीले सहयोग गरेका थिए । जाडो कारण वालवालिकाहरु विद्यालय जानबाट बञ्चित नहोस् भनेर दाताहरुको सहयोगमा जाडोको कपडा वितरण गरिएको अध्यक्ष काफ्लेले बताए । ‘जाडोका कारण वालवालिकाहरु विद्यालय नजाने हुन्छन्, त्यसैले निरन्तर विद्यालय जाउन भनेर दाताहरुको सहयोगमा न्यानो कपडा वितरण गरेका हौ ।’ अध्यक्ष काफ्लेले भने ‘वालवालिकाको विद्यालय जाने अधिकार, यो पनि वालमैत्री स्थानीय शासनको एउटा सुचकभित्र पर्दछ, त्यसको दिगोपनाको लागि पनि यो कार्य गरेका हौं ।’