राजविराज : सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय पर्शुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता अगाडि कुटपिटबाट मृत्यु भएको थियो । सो घटनाका सम्बन्धमा फरार रहेका प्रतिवादी मुखियालाई खोजतलासका क्रममा सखडाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।