धनकुटा :  साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा शनिवार दिउँसो करिव ३ बजे ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ ।

धरानबाट डिजेल र प्लाइ वोकेर पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिराहा स्थित करजन नगरपालिका–५ का ३५ बर्षका संजीव पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको ट्याक्टर सडकबाट करिव ४० मिटर तल झरेका ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दिपक खड्काले बताए ।