धरान : धरानमा शुक्रबारदेखि सञ्चालन भएको १९ औं गोधुली फुटबल रनिङ कपकोे दोस्रो दिन धरान १७ ले विजय हालिस गरेको छ ।

धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको वडास्तरीय प्रतियोगितामा वडा नं. १७ ले वडा नं. ९ लाई ० का विरुद्ध ९ गोल गर्दै फराकिलो जित हासिल गरेको छ । धरान १७ का लागि खेलको १३, ३१ र ४० मिनेटमा तपन कार्कील गोल गर्दै ह्याट्रिक गरेका थिए । यस्तै १७ कै तर्फबाट मिलन राईले १५ र ३५, ७५ र ७७ मिनेटमा चार गोल गरेका थिए ।

दुई वटा गोल भने आत्माघाती गोल भएको थियो । खेलको १७ मिनेटमा वडा नंं ९ का खेलाडी अमृत राउत र २१ मिनेटमा विकास श्रेष्ठले आत्माघाती गोल गरेका थिए । खेलको म्यान अफ म्यान वडा नंं १७ का मिलन राई घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका थिए । भोलिको खेल वडा नंं १८ र ६ बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन शुक्रबार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।