ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “३३ घरको १३ लाख लिएर गुरुङ फरार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आफुले थोरै लगानी गर्दा बाकी खर्च सरकारले व्यहोरेर पक्की घर बनाइदिने सुन्दर सपना देखाएपछि फुसको घरमा बस्दै आएका मोरङको जहदा गाउँपालिका–१ धुनीबस्तीका नन्दकिशोर सरबरियालाई पक्की घर रहर जाग्यो । आफुसंग पैसा नभएपछि ऋण लिएर उनले गाउँका अगुवा मानिएका दिलबहादुर गुरुङलाई ४० हजार रुपैयाँ थमाए । विराटनगर महानगरपालिका १८ मा सरकारले जनता आवास अन्तर्गत घर बनाइरहेको मैले देखे उनले भने, केही पैसा बुझाएपछि पक्की घर बन्ने स्थानी अगुवाको mरुपमा मानिएका दिल बहादुर गुरुङले यस वस्तीका ३३ घरपरिवारलाई सुनाए । हामीले पनि पक्की घरमा बस्न पाउने आशा पलाएपछि ऋण खोजेर गाउँका अगुवा दिलबहादुरलाई पेसा सुम्पियौँ । गुरुङलाइ पैसा बुझाएको १ वर्ष पूरा भयो । स्थानीय गुरुङले पक्की घरको सपना देखाएपछि यस बस्तिका सुकुम्बासीले ऋणपान गरेर कसैले ४० त कसैले ४२ हजार रुपैयाँसम्म बुझाए उनलाइ । पैसा बुझाएको १ वर्ष वितिसक्दा पनि घर बनाउने कुनै छाटकाँट नदेखिएपछि गुरुङले ठगी गरेको अहिले आएर थाहाँ पाएको पपडितहरुले बताए ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उदघोष दैनिकले “लालबाबुलाई सञ्जेलको निवेदन” आफ्नो सरुवाको विरुद्ध कडा अभिव्यक्ति दिएका कारण सामाजिक सञ्जालमा भाइरल बनेका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना वित्न नपाउदैँ व्यवसायिक सीप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले मन्त्री पण्डितलाई ऐनविपरित भएको सरुवा बदर गरिदिन अनुरोध सहित निवेदन लेखेका हुन् ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “जग्गा दिँदा पनि सुकुम्बासी समस्या उस्तै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हालसम्म एक लाख ५४ हजार ८५६ सुकुम्बासी परिवारलाई ४६ हजार ६९४ बिघा जग्गा वितरण गरेको छ । हालसम्म १२ सुकुम्बासी आयोग गठन भएपनि अव्यवस्थित बसोवासको समस्या समाधान हुन नसकेको मन्त्रालयका प्रवक्ता जनकराज वोशीले स्वस्कारे ।विशेषगरी तराइका जिललामा अव्यवस्थित बसोबासको समस्या छ । केही पहाडि जिल्लामा समेत यो समस्या रहेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक २०७१ असार २ गत्ते मन्त्रिपरिषदको निर्णय अनुसार गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले उपत्का बाहेक ७२ जिल्लामा जिलला समस्या समाधान समिति गठन गरेको थियो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “दरबारस्थलमा खानेपानी” विजयपुर स्थित ऐतिहासिक दरबारस्थलमा रहेको पुरानो पानीटयांकी पुन सञ्चालनमा आउने भएको छ । उक्त पानीटंकीमा २ सय मिटर तल जंगलमा उम्रेका पानी पम्पसेट मार्फत तानी टंकीमा खसालने योजना सहित सो टंकी शनिबार आयोजित एक कार्यक्रमबिच नेवा : देय दबुलाई हस्तान्तरण गरिएक हो ।