धरान : धरान–९ को न्यूजनकल्याणकारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

धरान–१७ स्थित साकेला पार्कमा गरिएको साधारणसभा ११ करोड ४६ लाख ५ हजार ५सय ५१ रुपैयाँको वार्षिक कारोबार भएको संस्थाका सचिब विष्णुमाया लिम्बूले बताइन् । उनका अनुसार वार्षिक आम्दानी ६१ लाख ९२ हजार ९ सय ७३ रुपैयाँ गर्न सफल भएको छ । जसमा खुद नाफा ७ लाख ७ सय ३१ रुपैयाँ भएको छ । गतवर्षको तुलनामा ३ लाख ३९ हजार ४ सय १२ रुपैयाँले बढी हो । त्यस्तै, संस्थाको कुल चुक्ता शेयर पुँजी ४५ लाख ६३ हजार रहेको छ । संस्थामा हालसम्म ३ सय ६६ सेयर सदस्य रहेका छन् । संस्थाले २०६४ सालदेखि शुरु गरेको रेमिटेन्स सेवालाई ग्रामिण क्षेत्रमा विस्तार गदै लैजाने संस्थाका अध्यक्ष मनकुमारी याक्खाले बताइन् । त्यस्तै, २०६६ सालदेखि सञ्चालनमा ल्याइएको ट्राभल एजेन्सीलाई निरन्तरता दिदै लैजाने बताइएको छ । हाल संस्थाले शेयर सदस्य सुरक्षण कोष, दुर्घटना कोष र इटहरीमा २०७४ सालदेखि एभेरेष्ट बैंक शाखा इटहरीको शाखारहित सेवा प्रदान गदै आएको समेत बताइन् । उनले सहकारीको मुख्य ७ वटा सिद्धान्तलाई आत्मसाथ गदै सबै अगाडी बढ्नुपर्नेमा जोड दिइन् । ‘आफै मालिक, आफ्नै बचत, आफैमा लगानी, आफैमा मुनाफा’ भन्ने मुल मन्त्रलाई निरन्तर रुपमा अघि बढाउन सके संस्थालाई बलियो बनाउन सकिने उनको भनाइ थियो ।

n 3

त्यस्तै, संस्थाले पहिलो पटक स्थापना गरेको ‘प्रथम जनकल्याणकारी सम्मान्’ लेखा परिक्षक दुर्गा प्रसाद पोख्रेललाई प्रदान गरियो । संस्थामा लेखा सम्बन्धीको सम्पूर्ण काम निरन्तर योगदान पु¥याएको मुल्याङकन गदै संस्थाले सम्मान गरेको लेखा समितिका संयोजक कर्ण विक्रम लिम्बूले बताए । त्यस्तै, संस्थाका सक्रिय सदस्यहरुलाई विभिन्न शिर्षकमा सम्मान गरिएको थियो । उत्तम ऋणी फुलमाया सुब्बा, उत्तम शेयर खरिदकर्ता शोभा खजुमलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

n 4

त्यस्तै, गत शालको कार्यक्रम संयोजक दिपकला राईलाई पनि प्रशंसापत्र प्रदान गरिएको कार्यक्रम सञ्चालक स्विर्णिमहाङ फोम्बोले बताए । कार्यक्रममा प्रमुख अतिथी सहकारी प्रशिक्षालय इनरुवाका निमित्त प्राचार्य योगराज धमलाले सहकारीको शाधारण सभामा गरिने कार्यक्रमको नियम बारे जानकारी गराए । खुल्लासत्रमा के हुन्छ र बन्दसत्रमा कस्ता कुराहरुलाई उठान गर्ने भन्ने विषयमा मन्तव्यका क्रममा जानकारी गराए । त्यस्तै, जनकल्याणकारी बहुउद्देश्य सहकारी संस्था इटहरीका सचिब एबंम व्रिटिस पेन्सन क्याम्प धरानका प्रमुख लक्ष्मी थेबेले पनि संस्थाको आगामी सफल्ताको शुभकामना व्याक्त गरिन् । वार्षिक साधारणसभाको अवसरमा संस्थाले बनभोज कार्यक्रम समेत राखेको थियो ।

n 2