ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोक बगरमा शनिबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागी भएको एउटा घरमा ठूलो पसल र गोदाम थियो भने अर्कोमा गाउँपालिका तथा बैंकका कर्मचारी बस्ने कोठा थियो।

आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।