जर्मनीमा भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ ।

आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाँै नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगत जानकारी सार्वजनिक भएको थियो ।

जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको छ । साइबर हमलाबारे हप्तौँ पहिला जानकारी भए पनि प्रहरीलाई खबर नगरेको भन्दै साइबर सुरक्षा हेर्ने निकायको आलोचना भइरहँदा यो निकायले भने साइबर हमला हुनेबारे आफूलाई जानकारी नभएको बताउँदै आएको छ ।

–एजेन्सी