झापा:पशुपालन तथा दध उत्पादक संघ झापाको प्रथम वार्षिकसभा तथा अधिवेशनबाट नेतृत्वमा पुनः लक्ष्मीप्रसाद (एलपी) सिटौला निर्विरोध अध्यक्ष पदमा चयन भएका छन् ।

अध्यक्षमा सिटौलासहित प्रथम उपाध्यक्ष सीता पाण्डे, द्वितिय उपाध्यक्ष दिनेश थापा, सचिवमा चन्द्र प्रसाद सिग्देल, सहसचिवमा घनयाम खनाल र कोषाध्यक्ष निरज बोगटी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा हरि कार्की, तुलसी ढकाल, नरेन्द्र प्रसाद गुरागाई, सुवोध ढुंगेल, लक्ष्मी दंगाल, विनोद तामाङ, ऐश्वर्या सुवेदी रहेका छन् । निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुने समितिका सचिव चन्द्र प्रसाद सिग्देलले जानकारी गराए ।

सिटौलाकै अध्यक्षतामा सञ्चालन भएको साधारण सभा पुष २१ गते शनिवार मेचिनगर नगरपालिका वडा नं. ४ वाहुनडाँगीमा रहेको हात्ति रिसोर्टमा सञ्चालन भएको थियो । संघको अधिवेशनमा भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तवहादुर विष्ट प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अथितिहरुमा मेचिनगर नगरपालिका मेयर विमल आचार्य, पशु तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का डा लेखराज दहाल रहेका थिए ।

IMG_20190105_111557 copy

झापामा निरन्तर ब्यवसायिक पशुपालनमा सकृय फार्म तथा कृषकहरु अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित कन्काई कृषि फर्मका सञ्चालक सुवोध ढुंगेल, मेचिनगर नगरपालिका वडा नं. ४ मा रहेको वाहुनडाँगी कृषि तथा पशुपालन प्रा.लि. का केशव सुवेदी, वाह्रदशी गाउँपालिका वडा नं. ३ मा रहेको हिमअतुल गाई फार्मका तुलसी ढकाल, कनकाई नगरपालिका वडा नं. ३ मा रहेको प्रतिक पशुपालन कृषि फार्मका सञ्चालक डण्डपाणी गौतम र दमक नगरपालिका वडा नं. १० मा सिद्धकाली पशुपालनका सञ्चालक डिक वहादुर कार्की साथै भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी कुमार सिं खत्री लगायतलाई प्रमाणपत्र सँगै ढाका टोपी ओढाएर सम्मान गरिएको थियो ।

पशुपालक तथा दुध उत्पादक संघ झापाकी सदस्य सीता पौडेलले स्वागत गरेको कार्यक्रममा अथिति, विशिष्ठ अथिति साथै प्रमुख अथितिलगायतले शुभकामना मन्तब्य राखेका थिए । पशुपालक तथा दुध उत्पादक संघ झापाको जिल्ला कार्यालय विर्तामोडमा रहेको छ भने हरेक गाउँपालिका तथा नगरपालिकामा यसका शाखा कार्यालयहरु स्थापना भएको छ । संघले विगत एक वर्ष देखि पशुपालक तथा दुध उत्पादक किसानहरुको हकहितका लागि संघर्ष गर्दै कृषकको समस्या समाधानमा विशेष भुमिका निर्वाह गर्दै आएको छ ।