धरान: एम्स एकाडेमीले छिमेकी यूवा समाजलाई फुटबल जर्सी प्रदान गरेको छ । एकाडेमीले २० हजार रुपैयाँ बराबरको अफिसियलसहितको एक सेट जर्सी र एक सेट स्टकिङ (मोजा) धरान–१२ मा रहेको समाजलाई उपलब्ध गराएको हो ।

धरान–१२ चतरालाइनस्थित आफ्नै कलेजमा एक कार्यक्रमकाबीच जर्सी एम्सका प्रिन्सिपल मित्र तामाङले समाजका अध्यक्ष राजेन्द्र राईलाई आइतबार हस्तान्तरण गरेका थिए । अन्तर वडास्तरीय गोधुली कपमा सहभागी जनाउने धरान–१२ का खेलाडीहरुको लागि जर्सी प्रदान गरिएको कलेजका प्रिन्सिपल तामाङले बताए । खेलाडीहरुको मनोबल उच्च राख्नको लागि जर्सी उपलब्ध गराएको तामाङले बताए । शिक्षामा खेलकुद पनि जोडिने हुनाले मानसिक रुपमा विकासको हुनको लागि शारीरिक रुपमा पनि विकास हुन जरुरी रहेको प्रिन्सिपल तामाङले बताए ।

S6490012 copy

आगामी दिनमा पनि निरन्तर सहयोग गदै जाने प्रतिबद्धता समेत प्रिन्सिपल तामाङले जनाए । ‘शिक्षाको क्षेत्रबाट समाजमा केही योगदान गर्नसकिन्छ भनेर कलेजको स्थापना गरेका हौं, शिक्षामा खेलकुद पनि जोडिने हुनाले यसरी नै सहयोग गदै जानेछौं,’ उनले भने । १२ नं. वडाको टिमको सम्पूर्ण व्यावस्थापन छिमेकीले गदै आएको समाजका अध्यक्ष राईले बताए । कलेजले उपलब्ध गराएको जर्सीलगाएर १२ नं.का खेलाडीहरु मैदानमा उत्रने उनले बताए । खेलाडीहरुलाई जर्सी उपलब्ध गराइदिएकोमा कलेजलाई धन्यवाद ज्ञापन गदै अध्यक्ष राईले यसले खेलाडीहरुको मनोबल उच्च राख्नुका साथै जिम्मेवारी पनि बोध गराउनेमा विश्वास व्याक्त गरे । मंगलबार वडा नं. १२ ले ६ पटक गोधुलीको उपाधी उचालिसकेको धरान–१९ को सामना गदैछ ।