इटहरीः इटहरीउपमहानगरका विज्ञ सल्लाहकारहरुले दीर्घकालिन योजना बनाएर अघि बढ्न उपमहानगरपलिका नेतृत्वलाई सुझाव दिएका छन् ।

विज्ञ सल्लाहकार समूहको वैठकमा विज्ञहरुको विषयगत समूह वनाएर सुझाव लिदा राम्रो हुने सल्लाह दिएका हुन् । इटहरीको प्राथमिकता निर्धारण गरि अन्य स्थानीय तहभन्दा फरक र नमूना योग्य बनाउन ध्यान दिन सुझाव दिएका छन् । नमूना वस्तीको विकास गर्न, लगानी सम्मेलन गर्न, रातीसम्म पनि वजार खुल्ने गरि शान्ति सुरक्षाको ब्यवस्था मिलाउन पनि विज्ञहरुको जोड छ ।
यसैगरि गौरवका आयोजना संचालन गर्न, नागरिक मैत्री सेवा दिन सुझाव दिइएको छ । उपमहानगरले विज्ञ सल्लाहकार समूह गठन गरेर सुझाव लिन थालेको हो । वैठकमा विज्ञ सल्लाहकार समूहका संयोजक डा दिवाकर रेग्मी, डा वद्रि विशाल पोखरेल, ओम कोइराला, मणिराज गिरी, ईश्वर भटटराई, जगदिशप्रसाद ओली, टीका दाहाल, प्रेम भटटराई, सुवर्ण थापाले सुझाव व्यक्त गरेका थिए ।
यसैगरि वोधराज नेपाल, लेखनाथ घिमिरे, राजु केसी, उमा रिजाल, वलराम आर्चाय, जीवन पराजुली, रोहित कार्की, मनु मञ्जिल, लालबहादुर श्रेष्ठले पनि सुझाव दिएका थिए । वैठकमा उपमहानगरका मेयर द्धारिकलाल चौधरीले डेढ बर्षमा भएका मुख्य कार्यहरुबारे जानकारी गराएका थिए । उनले एक बर्षमा इटहरीलाई हिलोमुक्त र तीन बर्षमा धुलोमुक्त वनाउने प्रतिवद्धता त्यहाँ पनि दोहोर्याएका थिए । रिङरोड निर्माण कार्यलाई अघि बढाउने सोचमा उपमहानगर रहेको मेयर चौधरीले प्रष्ट पारे ।

उपमेयर लक्ष्मी गौतमले उपमहानगरको पूर्वाधार सामाजिक विकास र क्षमता अभिवृद्धिका लागि विश्व बैंकको सहयोगमा डेढ अर्बको कार्यक्रम माघ देखि सुरु हुने जानकारी दिइन् । प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले केही महिना भित्रै सर्वसाधारणले अनुभूत गर्ने गरी उपमहानगरको सेवा सर्वसुलभ र नागरिक मैत्री वनाउने प्रतिवद्धता जनाए ।