धरान: बंगलादेश प्रिमियर लिगमा पनि नेपालका स्पिनर सन्दीप लामिछानेले डेब्यु खेलमा २ विकेट लिन सफल भएका छन् ।

अष्ट्रेलियाको बिग ब्यास लिग क्रिकेट बिचैमा छोडेर बंगलादेश पुगेका सन्दीपले आफ्नो पहिलो खेलमा कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिन सफल भएका हुन् । उनले ४ ओभरमा १६ रन खर्चिदै २ विकेट लिन सफल भए । उनले सोयव मलिकलाई १३ रनमा आउट गरेका थिए भने अनामुल हकलाई ५ रनमा बोल्ड गरेका थिए ।

लामिछाने आठौं ओभरमा वलिङ गर्न आएका थिए । उनल आफ्नो पहिलो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा पनि मात्र एक रन खर्चिए । तेस्रो बल स्टिभ स्मिथले डिफेन्स गरेका थिए । चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि सन्दिपले दुई बलमा एक रन खर्चिए । पुनः १० औं ओभरमा आएका सन्दिपले मात्र तीन रन खर्चिए । सन्दिपले १३ रन बनाएका सोयब मलिकको विकेट लिएर २४ रनको साझेदारी पनि तोडिदिएका थिए । आफ्नो चौथो ओभरमा सन्दिपले अनामुल हकलाई ५ रनमा बोल्ड गरे ।