धरानः धरानमा जारी १९ औं संस्करणको अन्तर वडास्तरीय गोधुली कपमा आइतबार धरानको वडा नं ६ विजयी भएको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा ट्राइबेकरमा ४-३ गोलअन्तरले वडा १८ लाई पराजित गदै वडा ६ क्वाटर फाइनलमा प्रबेश गरेको हो । निर्धारित समयको खेल दुवै तर्फबाट ३-३ को बराबारी गोल गरेपनि खेलको छिनोफानो ट्राइबेकरबाट भएको हो । निर्धारित समयको खेलमा पहिलो हाफको ७ औं मिनेटमा धरान–१८ का विशाल सुनवारले गोल गदै टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ९ औं र २० औं मिनेटमा वडा १८ कै विशाल राई र बिनोद राईले गोल गदै टिमलाई ३ गोलको अग्रता दिलाए ।

तर, तेस्रो गोल खाएको १ मिनेट बित्न नपाउदै वडा ६ का गोबिन्द कार्कीले गोल गदै टिमको लागि खाता खोले । आक्रामकरुपमा उत्रिएको वडा ६ ले लगत्तै दोस्रो गोल गर्दै गोलअन्तर घटायो । वडा ६ का अनिश मगरले दोस्रो गोल गरेका थिए । खेलमा उत्कृष्ट पुनरागमन जनाएको वडा ६ ले दोस्रो हाफको ७५ औं मिनेटमा बराबरी गोल गर्यो । वडा ६ का किरण मगरले गोल गदै खेल बराबरीमा पु¥याए । निर्धारित समयको खेल ३–३ को बराबरी भएपनि नतिजा ट्राइबेकरबाट निकालिएको थियो ।

S6520010 copy

ट्राइबेकरमा वडा ६ का नबिन बिक, गोबिन्द कार्की, विजय परियार र विबेक लिम्बूको प्रहार गोलमा परिणत भयो भने वडा १८ का विनोद राई, विशाल राई र सुशिल यादबले मात्र गोल गर्न सके । खेलको म्यानअफदि म्याच धरान–६ का गोलकिपर प्रजन मगर घोषित भए । भोली (सोमबार)को खेल चौधौं संस्करण विजेता बनिसकेका धरान १५ र धरान–१० बीच हुने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले जनाए । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्याक्तिगत पुरस्कारतर्फ बेष्ट प्लेयरलाई नगद १० हजार, हाईस्कोररलाई नगद ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।