धनकुटा : धनकुटाको सागुरीगडी गाउपालिका ३ स्थित पुर्ण बहादुर युवाङ लिम्बुले पालेको बोइलर कुखुराको फर्ममा आगोलागी भएको छ ।

आईतबार दिउँसो साढे १२ बजेको समयमा खोरमा चल्लालाई तातो बनाउनलाई बालेको आगोबाट टाटिमा आगोलागी हुदा कुखुराको चल्ला ८ सय १६ थान, कुखुराको फर्म , ढुंङ्गा माटो र काठले बनेको टिनको छानो भएको १ तल्ले घर तथा घर भित्र रहेको जिन्सी सामान समेत जलेर नष्ट हुँदा अंदाजी १७ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागी प्रहरी चौकी मुलघाट बाट खटिएको नेपाल प्रहरीको टोलि, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिउँसो साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।