धरान: चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्वपत्नी इशा लामिछानेबीच डिभोर्स भएको सार्वजनिक भएपछि उनीहरुबीच एकअर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला शुरु भएको छ ।

अनलाइन मिडियाहरुमा रवि र इशाबीच डिभोर्स र निजी जीवनका घटनाहरु सार्वजनिक हुनलागेको थाह पाएपछि त्यसअघि नै रविले शुक्रबार आफु अमेरिकामा रहदाका केही तथ्य र घटनाहरु फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि, अनलाइन मिडियाहरुमा रवि र इशाबीचको वैवाहिक जीवनका प्रसंगहरु आउन थाल्यो । रवि आफैले वैवाहिक जीवन जोगाउन नसकेको र अमेरिकामा आफ्नो एक महिलासँग सम्बन्ध भएर छोरा पनि जन्मिएको स्वीकार गरेका थिए । शुक्रबार दिनभर यो बिषय भाइरल बन्यो ।

मंसिरमा मात्र दुवैबीच डिभोर्स भएको थियो । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र रविको विवाह हुन लागेको चर्चा पनि भाइरल बन्यो । रविले अनलाइन मिडियाहरुमा अन्र्तवार्ता दिदै आफ्नी पुर्वश्रीमति डिप्रेशसनको शिकार भएको र आफुले कमाएको सबै सम्पत्ति इशाको नाममा दिएको पनि बताएका थिए । रविको यो अभिव्यक्ति पछि इशाले पनि आफ्नो श्रीमान् परस्त्रीगमन भएको थाह पाएपछि कुन श्रीमति डिप्रेशनमा पदैन होला भन्दै अनलाइन मिडियाहरुमा वयान दिइन् । उनले रवि लामिछाने थुप्रै युवतीहरुसँग सम्बन्ध बनाएको आरोप लगाएकी थिइन् ।

Screenshot_2019-01-06-19-38-45 copy

पुर्वपत्नी इशाको यो आरोपपछि आइतबार साँझ रवि लामिछानेले फेसबुकमार्फत इशाको पनि अन्य पुरुषसँग सम्बन्ध भएको सार्वजनिक गरिदिएका छन् । उनले इशा र एक व्यक्तिसँग भएको म्यासेज र दुवैले खिचेको तस्बिर पनि सार्वजनिक गरेका छन् । तर, रविले ती व्यक्तको अनुहार र नाममा कलर पोतेर नचिनिने बनाएका छन् । यसले रवि र पुर्वपत्नी इशाबीच ठुलै द्धन्द चलिरहेको सहजै बुझ्न सकिन्छ ।


रविले इशा र ती व्यक्तिको तस्बिर सार्वजनिकसँगै फेसबुकमा लेखेको कुरा जस्ताको तस्तै:

'ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप नगर्ने मनशाय मेरो अझैपनि थियोे । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन। सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि। सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ। बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला।उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला। म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न ।'