धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकामा पहिलो पटक गोरु जुधाइ प्रतियोगिता हुने भएको छ ।

स्थानीय युवाहरुको आयोजनामा पाख्रिबास नगरपालिका–७ मुगामा आगामी माघ १ गत्ते गोरु जुधाइ प्रतियोता हुने भएको हो । प्रतियोगितामा सहभागी गोरुको मृत्यु भएमा क्षतिपूर्ति दिन गरेको गोरुको विमा गरिसकिएको आयोजकले जनाएको छ । यस वर्षबाट हरेक वर्ष गोरु जुधाइ प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको स्थानीय नवीन बराईलीले बताए । कृषकसंग गोरुको सम्बन्ध भन्दै प्रतियोगिता आयोजन ागर्न लागिएको बराइलीको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुने गोरुको मृत्यु भए वा अशक्त तथा घाइते भएमा गोरुको मूल्य बराबरको क्षतिपूर्ति दिने र गोरुको सिंङ मात्रै भाचिएमा एक हजार रुपैयाँ दिने आयोजकको भनाई छ । यस वर्षदेखि माघी मेला लगाउने र प्रतियोगिता आयोजना हुने गोरु जुधाइ प्रतियोगिताको तयारी पुरा भइसकेको छ । मेला र प्रतियोगिता सञ्चालन गर्न गोपाल विश्वकर्माको अध्यक्षतामा माघी मेला आयोजक समीति समेत गठन गरिएको बताईएको छ । मेला र प्रतियोगिता सम्पन्न गर्न पाख्रिबास नगरपालिकाले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने स्थानीय युवाहरुले ३० हजार रुपैयाँ आर्थिक संकलन गरेको बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपेयाँ पुरुस्कार पाउने आयोजले जनाएको छ ।

–नागरिक पुर्वेली दैनिकबाट