धरान : धनकुटाको सागुरीगढी गाउँपालिका–६ नाम्जेमा माघे सक्रान्ति महोत्सव आगामी पौष ३० गतेदेखि लाग्ने भएको छ ।

‘प्रथम माघे सक्रान्ति महोत्सव–२०७५’ नाम दिइएको महोत्सव माघ २ गतेसम्म चल्ने मुल आयोजक समितिले सोमबारको पत्रकार सम्मेलनमा जनाएको छ । महोत्सवमा विभिन्न जातीय खानाका परिकार, स्थानीय उत्पादीत अर्गानीक खाद्यय बस्तुहरुको २० वटा स्टल राखिने मुल आयोजक समितिका सचिब अशोक कुमार मगरले जानकारी दिए । त्यसैगरी, परम्परागत झाँकीसहित हुर्रा, साकेला, ढोल नाच समेत देखाइने भएको छ ।

महोत्सव नाम्जे पार्किङ स्थल (आत्मा बस्ने घर जानेबाटो) मा स्टलहरु निर्माण गरिने भएको छ । महोत्सव अवधिभर ५० लाखको कारोबार गर्ने र १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य रहेको मुल आयोजक समितिका अध्यक्ष अनिल कुमार रानाले बताए । भेडेटार, नाम्जे र डाडा बजार आसपासका पर्यटकीय स्थलहरु मुख्य स्थलको रुपमा रहनेछन् । होत्सवको पूर्वसन्ध्यामा पौष २९ गते अन्तरपालिका स्तरिय मैत्रिपुर्ण खुल्ला भलिवल प्रतियोगिता समेत राखिएको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार एक सय रुपैयाँ, उपविजेताले नगद २० हजार एक सय रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । त्यसैगरी, व्याक्तिगत पुरस्कारहरु समेत प्रदान गरिने छ । त्यसैगरी, पौष २५ र २६ गते १६ वर्ष मुनिकालाई लक्षित गरी स्थानीय स्तरीय फुटसल प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेताले नगद ४ हजार एकसय रुपैयाँ र उपविजेताले नगद २ हजार एक सय रुपैयासहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।