इटहरी : दोश्रो सभामुख कप पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ ।

बिभागिय डर्वीमा सोमबार नेपाल आर्मीलाइ ३–१ को सेटले पराजित गर्दै पुलिसले उपाधी सहित नगद ४ लाख रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा सुनसरी जिल्ला खेलकुद बिकास समितिको संयोजनमा भएको उक्त खेलको उपबिजेता हुने त्रिभुवन आर्मीले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो भने फस्र्ट रनरअप हुने एपिएफले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो ।
इटहरीको रंगशालामा सम्पन्न फाइनलमा पुलिसले आर्मीलाइ पहिलो सेटमा २६–२४ ले पराजित गर्यो भने दोस्रो सेटमा आर्मीले २२–२५ स्कोरले खेललाई अगाडि बढायो । त्यस्तै तेस्रो सेटमा पुलिसले आर्मीलाई २५–२१ र चौथो सेटमा पुलिसले आर्मीलाई २५–१७ को स्कोरले पराजित गरेको थियो ।

उक्त खेलमा उत्कृष्ट खेलाडी नेपाल आर्मीका धनबहादुर भट्ट घोषित भए । उनले २४ इन्चको एलईडी टिभी प्राप्त गरे । त्यस्तै, उत्कृष्ट स्पाइकर पुलिसका कुलबहादुर थापा, उत्कृष्ट ब्लकर पुलिसकै दीपक जोशी, उत्कृष्ट सेटर पुलिसकै एम बाहादुर मगर घोष्ति भए भने उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा र उत्कृष्ट क्वीकर आर्मीकै भैरव बम घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ भए । उनीहरु सबैले जनही नगद पाँच हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट, बोर्ड सदस्य शम्भु आचार्य, सल्लाहकार शालिगा्रम खड्का, पूर्वाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष रबिन नगरकोटी, एन्फा सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार बितरण गरेका थिए ।