उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “छोरी जन्माउनेलाई प्रोत्साहन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । छोरी बचाउ, छोरी पढाउ अभियान अन्र्तगत विराटनगर महानगरपालिकाले पहिलो र दोश्रो सन्तान छोरी जन्माउने २७ आमालाई प्रोत्साहन रकम हस्तान्तरण गरेको हो । महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार र दोश्रो सन्तान पनि छोरी जन्माउने आमालाई २५ हजार रुपैयाँ सहयोग गर्ने योजना अघि सारेको थियो । सोही योजना अन्र्तगत २३ जना पहिलो सन्तान छोरी जन्माउने र ४ जना दोश्रो सन्तान छोरी जन्माउने दाम्पतीलाइृ २५ हजारका रुपैयाँ हस्तान्तरण गरिएको हो । सोमबार २३ जनालाई तीन हजारको दरले रकम हस्तान्तरण गरिएको र ४ जनालाई बैंकमा जम्मा गरिदिएको हो ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “न्यायिक समितिको नाममा अनियमितताको आशंका” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको दुहवी नगरपालिकाको न्यायिक समितिको नाममा गरिएको शीप विकास तथा जनचेतना कार्यक्रममा अनियमितता भएको दुहवी पत्रकारहरुले आशंका गर्दै त्यसको पुर्ण विवरण माग्दै सूचना माग गरेका छन् । समितिका नाममा अपारदर्शी रुपमा ठुलो परिणामको रकम झ्वाम पारेको जनगुनासो आएकाले पत्रकारहरुले त्यसको पुष्टी गर्नका लागि सुचना मागेका हुन् ।

ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “जनता आवासको नाममा ठगीधन्दा खुलेआम हिँड्दै गुरुङ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । जनता आवास कार्याक्रम अन्तर्गत घर बनाईदिने भन्दै ठगी धन्दा चलाउने मोरङ जहदा गाउँपालिका १ धुनीका दिलबहादुर गुरुङलाई प्रशासनले नियन्त्रणमा नलिदाँ पीडितले न्याय पाउने सम्भावना क्षीन बनेको छ । जहदा गाउँपालिकाको धुनी बीतीका ३३ घरबाट४० हजार रुपैँयाका दरले १३ लाख ३२ हजार रुपैँया लिएर हिडेका उनी पक्राउ नपर्दा पीडित न्याय पाउनबाट वञ्चित भएको छ । पीडितका अनुसार उनी खुलेआम हिडिरहेका छन् । प्रशासनले भने पीडितको उजुरी आए पक्राउ गर्ने दावी गर्दै आएको छ ।

पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “ढुङ्गामा भविष्य खोज्दै बालबालिका” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । १३ वर्षीय जुना र ११ वर्षीय लक्ष्मी तामाङका हत्केला भरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफनो उमेरकाहरु स्कुल गईरहदाँ उनीहरु घन लिएर ढुङ्गासंग पैँठेजोरी खेलिरहेका हुन्छन् । संखुवासभाको मकालु गाउँपालिका ५ नुममा उनीहरु ढुङगालाई टुक्राटुक्रा बनाएर भविष्य खोजिरहेका छन् । कलम, कापी र किताब च्यापेर स्कुल जाने बेला ठुला ढुङ्गालाई घनको सहायताले फुटाउदैँ गरेको देख्दा जो कोहीको पनि मन चसक्क हुन्छ । सोलुखुम्बु सोताङ घर भएका उनीहरुको जन्म दर्ता छैन । यहि कारण उनीहरुले पढ्न नपाएको खादँबारी नगरपालिकाका नायब सुब्बा सुरेस कार्कीले बताए ।