धरान : प्रथम बक्लौरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन अब ५ दिन मात्र बाँकि छ । सुनसरी रामधुनी नगरपालीका वडा नं–६ मा प्रथम बक्लौरी गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको हो । बक्लौरी युवा समुहको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिता पुष २८ गत्तेदेखि माघ ५ गत्तेसम्म हुने छ ।

baklauri

बक्लौरी युवा समुहका अध्यक्ष आशिष श्रेष्ठका अनुसार पुरातात्विक महत्व बोकेको तथा धार्मिक तिर्थ स्थल रामधुनी मन्दिर रहेको यस नगरपालिकाको प्रचार प्रसार सहित फुटबल खेलको विकास तथा खेलाडी उत्पादनको साथ साथै बक्लौरी खेल मैदानको संरक्षण तथा स्तरोन्नतीका लागी प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बक्लौरी युवा समुहले पुर्वाञ्चलमै फुटबल खेलको विकास र विस्तारको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने समुहको रुपमा सम्पुर्ण सदस्यहरु दिनरात मेहिनेत गर्दै सयौँ बालबालिका तथा युवा खेलाडिहरुलाई फुटबल प्रशिक्षणमा अभ्यश्त गराई विभिन्न सहभागिता जनाउदै आईरहेको सचिव विक्रम शर्माले बताए ।

उक्त प्रतियोगितामा गोल्डेन स्टार फुटबल क्लब दुहवी, टिएफसी इटहरी, बराह टे«निङ सेन्टर, खदम युथ क्लब मोरङ, डिसिटी तरहरा, लेटाङ फुटबल क्लब, मितेरी इनरुवा र आयोजक टिम बक्लौरी युथ क्लबले सहभागीता जनाउनेछन् ।

प्रथम पुरस्कार नगद १ लाख, ट्रफी प्रमाणपत्र, दोश्रोलाई नगद ५० हजार, ट्रफी प्रमाणपत्र, तेश्रोलाई नगद ३० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी म्यान अफ दि म्याच सात जनालाई नगद ३५ हजार, म्यान अफ दि सिरिज १ जनालाई नगद १० हजार र फाईनल खेलमा विविध विधा तर्फ ६ जनालाई नगद ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । खेल बक्लौरी खेल मौदानमा दिउँसो २ बजेबाट सुरु हुने बताईएको छ ।