धरान : गोधुली रनिङ्ग फुटबल प्रतियोगिताको १९ औं संस्करण अन्तर्गत मंगलबार भएको खेलबाट वडा नं. १९ र १३ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १९ ले १२ लाई १ विरुद्ध २ गोल गर्दै क्वार्टर फाइलमा आफ्नो स्थान पक्का गरेको छ भने वडा नं. १३ ले वडा नं. ४ लाई ० का विरुद्ध ४ गोलको फराकिलो गोल अन्तरले हराउदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा वडा नं. १९ का तर्फबाट विनोद राईले २ गोल गरेका थिए । विनोद राईले खेलको १६ र १७ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । यता वडा नं. १२ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको ३५ औं मिनेटमा मनिष मगरले गरेका थिए । पहिलो खेलको म्यान अफ म्याच वडा नं. १९ का विनोद राई घोषित भए ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा अशोक कटुवालको ह्याट्रिकसँगै वडा नं. १३ ले वडा नं. ४ लाई फराकिलो गोलको अन्तरले क्वार्टर फाइलमा प्रवेश गरेका छ । वड नं. ४ लाई ० का विरुद्ध ४ गोल गर्दै आफ्नो जित सुनिश्चित गरेको हो । वडा न. १३ का तर्फबाट अशोक कटुवालले खेलको २९ मिनेट ३७ मिनेट, ४४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने १७ मिनेटमा अविनाश राईले १ गोल गरेका थिए । दोसो खेलको म्यान द म्याच अशोक कटुवाल घोषित भए । बुधबारको पहिलो खेल वडा नं. ३ र ११ र दोस्रो खेल वडा नं. १६ र ८ बीच हुने आयोजकले जनाएको छ ।