धरान: मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रथम बुधबारे गोल्डकप २०७५ को उपाधि धरान फुटबल क्लबले जितेको छ ।

प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा डाँगीहाट फुटलब क्लबलाई २–१ गोलअन्तरले हराउदै धरानले उपाधि उचालेको हो । धरानको जितमा बिटु तामाङ र मिलन राईले गोल गरेका थिए भने डाँगीहाटका निरज बस्नेतले सान्त्वना गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा धरानले अग्रता लिएको थियो । पहिलो हाफको २० औं मिनेटमा बिटुले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको १५ मिनेटमा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा निरजले गोल गर्दै डाँगीहाटलाई खेलमा फर्काउने प्रयास गरेपनि उनको गोल सान्त्वनामा सिमित भयो ।

50217989_2198984146831989_4037881823655624704_n copy

धरानले उपाधि ट्रफीसँगै नगद १ लाख हात पार्यो भने उपविजेता डाँगीहाटले नगद ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी धरानका मिलन राई घोषित भए भने प्रतियोगिताको हाइ स्कोररको पुरस्कार पनि उनले नै हात पारेको धरानका प्रशिक्षक अर्जुन राईले बताए । धरानको टिम सागर घिमिरे र अर्जुन राईको प्रशिक्षणमा बुधबारे गोल्डकप खेल्न गएको थियो ।

winner  copy 49542290_1244106079077685_4355238000834117632_n copy 49544869_944892819034008_4240667089628561408_n copy 49577042_2032854587006780_8598577483538759680_n copy