सुनसरी:बजार अनुगमनलाई तिब्रता दिएको इटहरी उपमहानगरले बुधबार इटहरी २० स्थित तरहरा बजार अनुगमन गरेको छ ।

तरहरा वजारका ४ वटा होटल, २ वटा डिर्पाटमेन्ट स्टोर र एउटा सपिड कम्प्लेक्समा बुधबार टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा अधिकाश पसल र होटलमा म्याद नाघेका चिसो पेय पदार्थहरु फेला परेको उद्योग पर्यटन उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरले बताए । उनका अनुसार म्याद गुज्रिएको चार महिना बढि समय भए पनि चिसो पेय पदार्थ बिक्रीको लागि राखिएको अवस्थामा भेटिएको थियो ।

49693290_10214780591121118_2713070268959424512_n copy

यस्तै, उत्पादन मिति,उपभोग्य मिति,उत्पादकको नाम ठेगाना, ब्याच नम्वर लगायत लेवल नटाँसेका उपभोग्य समान पनि फेला परेको अनुगमन टोलीले जनाएको छ । म्याद नाघेका पेय पदार्थहरुलाई वरादम गरी अनुगमन टोलीले नष्ट गरेको थियो । पहिलो पटक भएकोले ती व्यवसायीहरुलाई सचेत गराइएको र पुनः अनुमगन गर्दा त्यस्तो पाइए कानुन वमोजिम कारबाही हुने अनुगमन टोली प्रमुख मगरले बताए ।

अनुगमन टोलीका अनुसार होटलको सरसफाइ भने सन्तोषजनक रहेको थियो । अनुगमन टोलीमा उपमहानगर, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक, वडाध्यक्ष, उद्योग वाणिज्य संघ तरहराका अध्यक्ष, उपभोक्ता मञ्च नेपालका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोली प्रमुख विजय मगरले बताए ।