पथरी: मोरङ्गको पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेश नं १ सरकारले निर्माण गर्ने भनिएको ‘साँस्कृतिक ग्राम’ निर्माणको पहल थालिएको छ ।

बुधवार पथरीशनिश्चरे नगरपालिकामा साँस्कृतिक ग्राम(बहुजातीय संग्रहालय) निर्माणको लागि अवधारणा तयारी कार्यदल गठन गरेपछि ग्राम निर्माणले प्राथमिकता पाएको हो । सोही कार्यको लागि पूर्व संविधानसभा सदस्य चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल समेत गठन भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शरणार्थी शिविरको अवलोकन गर्दै प्रदेश सरकारले प्राथमिकताका साथ ग्राम निर्माण गर्ने बताए । मन्त्री घिमिरेले संन्चारकर्मीसँग कुरा गर्दै प्रदेश १ का सबै जाति तथा धर्मलाई संरक्षित गर्न पनि ग्राम तथा संग्रालय निर्माण हुन लागेको बताए । मन्त्री घिमिरेले साँस्कृतिक ग्रामथानको लागि डीपीआर तयार पार्न ५० लाख रकम विनियोजन भएको जानकारी दिए । हिमाल, पहाड र तराइको सांस्कृतिक भेषभुषा झल्किने बहुजातीय संग्राहलय प्रदेशकै आकार्षक केन्द्रको रुपमा विकास गर्ने मन्त्री घिमिरेको भनाइ थियो ।

हिमाल, पहाड र तराईका सबै क्षेत्रको प्रतिनिधीत्व हुने गरी बहुजातीय संग्राहलय निर्माण हुने मन्त्री घिमिरेको भनाई थियो । साँस्कृतिक ग्राममा कृतिम पहाडसहितको पाथीभारा मन्दिरको स्वरुप, सुरुङ्गसहितको कृतिम हलेसी महादेव र बराहक्षेत्रको पहिचान झल्कने स्थानहरु निर्माण गरिने मन्त्री घिमीरेले बताए । ग्रामलाई सुचना केन्द्रका रुपमा समेत विकास गरिने मन्त्री घिमीरेको भनाई थियो ।

 वडा अध्यक्षसहितको विरोध

49298172_2261752780814829_3965291284305805312_n-1024x576 (1) copy

वडा नं १० का वडाअध्यक्ष सागर राईले मन्त्री र नगर प्रमुख, उपप्रमुख आफूहरुसँग समन्वय नगरी आएको भन्दै असन्तोष मात्र पोखेनन्, वडाको समन्वय विना संग्राहलय बन्न नदिने पनि चेतावनी दिए । मन्त्री आउने भनेको सुनेपछि जम्मा भएका स्थानीयबासीले नगरपालिकाको कार्यालय निर्माण गर्ने भनिएको स्थानमा संग्रहालय बनाउन लागेको भन्दै असन्तुष्टि पोखे । स्थानीयबासी पदमप्रसाद दाहाल, चन्द्रप्रसाद पोख्रेल लगायतकोे समूहले मन्त्री उभिएर बोल्न थालेपछि होहल्लासमेत गरेका थिए ।