ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “धरानको खानेपानी आयोजना १ करोड ५२ लाख लिटर पानी आउला ?” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । एसियाली विकास बैंक –एडिबी) को ऋण अनुदानमा सञ्चालित धरानको खानेपानी आयोजनाले सर्वपक्षिय खानेपानी संयुक्त संघर्ष समितिसंग ११ बुदामा ४ वर्षअघि सहमति ग¥यो । सहमतिको नवौँ बुदाँमा आयोजनाले भूमिगत श्रोतबाट दैनिक १ करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने छ । जुन ५० औँ वर्षसम्म उत्पादन हुनेमा आयोजना प्रतिवद्धता गर्दछ, भनेर उल्लेखसमेत गरेको छ । तर २०७५ जेठ १९ गत्तेदेखि १९ गत्तेसम्म नेपाल खानेपानी संस्थान धरान शाखाको सुम्निमा पानी ट्याङ्कीमा औषतमा दैनिक १३ लाख लिटर पानी आपूर्ति गरेको देखिन्छ । आयोजनाले त्यहाँ दैनिक ५० लाख लिटर पानी आपूर्ति गर्ने गरेको थियो । यस विषयमा आयोजनाका प्रमुख व्यवस्थापक इन्जिनियर राजु पोखे्रल भन्छन् ‘एउटा पम्पबाट हामीले पानी आपूर्ति गरेका थियौ । त्यो फुल स्टेज थिएन ।’

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “स्वास्थ्य मन्त्रीको अस्पताल निरीक्षण सेवा विस्तारको माग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कोशी अञ्चल अस्पताल निरीक्षणमा बुधबार गएका स्वास्थ्यमन्त्री उपेन्द्र यादबलाई त्यहाँको चिकित्सकले सेवा सुविदा विस्तारको माग गरेका छन् । आधुनिक उपकरण, अस्पतालको फोहोर व्यवस्थापन, दक्ष जनसक्ति लगायतको माग गरिएको छ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो अस्पताल कोशी अञ्चल अस्पतालले दिदै आएको सेवा, सुविधा र भौतिक संरचनाको स्वास्थ्यमन्त्री यादवले निरीक्षण गरे । यादवले अस्पतालको विभिन्न वार्डको निरीक्षण गरीरहेका बेला अस्पतालका सफाई कर्मचारी सफाई गर्न व्यस्त थिए । सबैभन्दा पुरानो अस्पताल र विपन्न वर्गले उपचार गर्न आउने अस्पतालको अवस्था कस्तो रहेको छ भन्दै स्थलगत निरीक्षण गरेर मन्त्री यादवले जानकारी लिएका छन् ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “वैदेशिक श्रमिकका मानवाधिकारको चिन्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बेरोजगारले बढाएको वैदेशिक रोजगारको आकर्षणले दक्ष जनशक्ति समेत विदेश जाने गरेकाले विश्वमा नेपाल तेश्रो रेमिटयान्स बढी भित्र्याउने मुलुक भएको छ । तर बैदेशिक रोजगारीमा जानेहरुका मानवाधिकार हननका विषयमा सरकार गम्भिर देखिन्न भने सरोकारवालाको पक्षबाट कसले आवाज उठाएको पाइन्न । नेपालको कुल जनसंख्याको १ तिहाई रोजगारीका लागी विदेश पुग्ने गरेका छन् । दुइ दशक अघिसम्म बार्षिक ५० हजारक हाराहारीमा मात्र नेपालीहरु वैदेशिक रोजगारका लागी जाने गरेका थिए । अहिले श्रमस्वीकृति लिएर नै वार्षिक ५ लाख नेपालीहरु विदेश जाने गरेका छन् । नेपाली श्रमिकहरु निर्माण क्षेत्र, घरेलु काम र उत्पादन क्षेत्रमा जाने गरेका छन् ।

पूवी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “खुद्रे पसल उद्घाटनमै बित्छ प्रदेश मन्त्रीको दैनिकी” समाचारलाई मुख्य समाचारको रुपमा छ । प्रदेश १ का मन्त्रीहरुको दैनिकी खुद्रा पसल उद्घाटनमै बित्ने गरेको छ । सपिङ मलदेखि खुद्रा पसल उद्घाटनमै उनीहरुको दैनिकी बित्ने गरेको हो । मन्त्रिहरु मात्र हैन मुख्यमन्त्री राई आफै पसल उद्घाटनमा समयमा विताइरहेका छन् । स्पष्ट कार्ययोजना र दृष्टिकोणको अभावमा प्रदेशका मन्त्रीहरु कामविहीन भएका हुन् । के काम गर्ने र कुन विषयमा काम गर्ने भन्ने विषयमा काम गर्न स्पष्ट योजना नभएका कारण अलमल परिरहेको स्वएम् मन्त्रि नै स्वीकार्छन् ।