पथरी : मोरङको पथरी शनिश्चरे–२ वुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको साकोसका व्यवस्थापक गणेश बाच्छनाले जानकारी दिए । संस्थाले विगत १० बर्ष अघिदेखि बार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । साकोसले बर्षभरी नै विरामीहरुलाई आवश्यक पर्ने रगतको सिफारिस पनि गर्ने गरेको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङले प्राविधिक सेवा उपलब्ध गराएको हो ।

संस्थाले रक्तदान कार्यक्रमको अवसरमा विशेष छुटका साथ वितरण गरेको सदस्यताको उपभोग गर्दै २५ जना नयाँ सदस्यहरु संस्थामा थप भएका छन् ।

संस्थाको रक्तदान कार्यक्रमलाई सफल बनाउनको लागि सहयोगी भूमिका निर्वाह गर्ने संस्था तथा व्यक्तिहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।