धरान: नेकपाका नेता फोक्वाहाङ मेन्याङ्वो (चोत्लुङ) ले आफ्नो ३३ औ जन्मदिन बिहिबार फरकशैलीमा मनाए ।

साविक माओवादी केन्द्रका नेता चोत्लुङले आफ्नो जन्मदिन पारेर बिहिबार आफुले मात्र रक्तदान गरेनन्, रक्तदान कार्यक्रम नै आयोजना गरेर ३३ पिन्ट रगत संकलन गरिदिए । उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र सञ्चालित रक्तसञ्चार केन्द्र(ब्लड बैंक)मा नै रक्तदान कार्यक्रम आयोजना गरेका थिए । जनयुद्धमामा भुमिगत जीवन विताएका नेता चोत्लुङ २०६४ सालदेखि हालसम्म साविक माओवादी केन्द्रको नगर नेतृत्वमा छन् ।

chotlung

जन्म दिनलाई फुजल खर्च गरेर मनाउनु भन्दा रचनात्मकरुपमा मनाउनुपर्छ भन्ने प्रेरणा मिलेर रक्तदान गरेको उनले बताए । 'आदरणीय पत्रकार दाई जनकऋषि राईले आफ्नो जन्मदिनमा रक्तदान गर्नुभएको थाह पाए, मलाई त्यो कुराले प्रेरणा मिल्यो र आज रक्तदान कार्यक्रम गरे,'नेता चोत्लुङले भने,'सबैले यसर रक्तदान कार्यक्रम गर्ने हो भने अस्पतालमा हुने रगत अभाव पनि समाधान हुन्छ।'

कार्यक्रममा प्रदेश नं १ की सासंद उमिता बराईली, नेताहरु अइन्द्रबिक्रम बेघा, प्रकाश राई, मुरारी सुवेदी, अक्कलबहादुर मेन्यांबोलगायत पनि उपस्थित थिए । प्रदेश सांसद बराइलीले जन्मदिनको शुभकामना दिदै तडक भडक नगरी नयाँ ढंगले जन्मदिन मनाएको भन्दै नेता चोत्लुङको प्रसंसा गरिन् । यस्तो कार्य सबैको लागि अनुकरणीय भएको पनि उनले बताइन् ।