ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “कोशी टप्पुको जनावरबाट गाउँबासी आतङ्कित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरबाट सुनसरीको कोशी गाउँपालिकाका जनता आतङकीत भएका छन् । आरक्षका जनावर गाउँबस्तीमा प्रवेश गर्न थाले पछि स्थानीय त्रसित बनेका हुन् । आरक्षक बँदेल, अर्ना, हात्ती लगायतका जनावरले गाउँमै प्रवेश गर्न थालेपछी कोशी गाउँपालिका ३, ४, ६,७ र ८ वडाका जनताले सास्ती खेप्नु परिरहेको छ । जसमध्ये ३ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेको छ । वडाबासीका दैनिक कार्यभन्दा आरक्षका जङ्गली जनावरबाट घाइते भएकाको उद्दार र उपचारको काममै दिन बित्ने गरेको वडा नम्बर ३ अधक्ष्य सुलेमान मनसुरीले बताए ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “खासाका कन्टेनर प्राथमिकतामा औधोगिक उत्पादनलाई दोश्रो दर्जा !” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भनसार कार्यालयले औद्यौगिक भन्दा खासाका सामग्री बोकेका कन्टेनरलाई प्राथमिकता दिदाँ समस्या भएको उद्योगी व्यावसायीहरुले गुनासो गरेका छन् । विहिबार भन्सार विभागका महानिर्देशक तोयम राय उद्योग संगठन मोरङ आएका छन् । औद्योगिक छलफलका क्रममा उद्योगीले औद्योगिक उत्पादन र कच्चा पदार्थ भन्सारको प्राथमिकता नपर्दा लागत बढ्ने समस्या रहेको बताए । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेस उपाध्यले चीनको खासाबाट तयारी सामान लिएर आएका कन्टेनर भन्सारबाट तुरुन्तै पास हुने बताउँदै औद्योगिक उत्पादनलाई समय लाग्ने गरेको बताए ।

मर्निङ : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “आदिबासी पर्वमा विदा माग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारले आदिबासी जातिका सांस्कृतिक पर्वहरुमा दिदै आएको विदा कटौतीको विरोध गर्दै बुधबार आयोजित कार्यक्रम एक अन्तरकृयाका सहभागीहरले यस अघि कायम भएको विदा पुन स्थापित गरिनु पर्ने माग गरेका छन् । मगर जातिको सार ल्हेस पर्वमा सार्वजनिक विदाको माग गर्दै नेपाल मगर संघ धरानले अन्तरकृया आयोजना गरेको हो । अन्तरक्रियामा सहभागी नेपाली कांग्रस, माओवादी संघिय समाजवादी, राष्ट्रीय जनमुक्ति पार्टी, खम्बुवान साझा पार्टीले मगर समुदाय सहित आदिवासीका सांस्कृतिक चाडपर्वमा पहिले दि दै आएको विदा कटौती गरिनु सरकारको सांस्कृतिक विभदको नीति भएको बताउँदै पहिलेकै विदामा थप गर्नुपर्ने कुरामा जोड दिए ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “बाल विवाह गर्ने पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बाल विवाह गरेको आरोपमा प्रहरीले एक यवालाई पक्राउ गरेको छ । आफ्नो छोरीलाई धरान निवासी २१ बर्षीय विक्रम महराले ललाई फकाई विवाह गरेको भनि बालिकाको बुबाले उजुरी दिएपछि महरालाई पक्राउ गरेको हो । १९ गत्ते विहानै आफनो छोरी कलेज जान्छु भनी घरबाट हिडेको र फर्कि नआएपछि उनको भइरहेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार महरालाई बुधबार नै नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरी बाल विवाह मुद्दामा अनुसन्धान थालिएको छ ।