धरान:प्रहरीले धरानको ४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिशेष सुराकीले दिएको गोप्य सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार दुई भारतीयलाई पक्राउ गरेको हो । भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत ९ का २० बर्षीय सहादत मन्सुरी र १८ बर्षीय रिजवन अन्सारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

दुवैको साथबाट १५ बोतल डाईलक्स डि.सी. र २८८ ट्याब्लेट स्पास्मोप्रोक्सिवन वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।