स्वघोषित ‘भगवान दूत’ भक्तकुमार राई (भकुरा) दुनियाकोलागि आदर्श पात्र (?) थिए । भगवानको तहमा पुगेका उनको आदर्श कहीँ कतै परिक्षण भएको थिएन । तर, बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ को आयोजनासँगै उनको आदर्शताको परिक्षण भयो । जुन स्थानको उनको जन्मथलो पनि हो । उदयपुर जिल्लाको तत्कालिन मैनामैनी गाविस–२ भकुराको जन्म स्थान हो । सो वडा अहिले बेलका नगरपालिका–७ भएको छ । सोही स्थानमा आयोजना भएको महोत्सवमा भकुरा आफै परिक्षण भए । ‘स्टन्ट’ गर्न खप्पिस भकुराले केही लोभ र स्वार्थका कारण आफैले आफैलाई परिक्षण गर्न पुगे । र, परिक्षणसँगै आपूm त असफल भए नै महोत्सवलाई पनि असफल बनाइदिए ।

नेपालमा अत्यन्त विवादस्पद भएपछि भकुरा क्यानाडाको नागरिकता लिएर आजभन्दा दुई वर्षअघि पलायन भैसेकका हुन् । यद्यपि, पर्यटक भिसामा नेपाल आउने काम गरि नै रहेका थिए । यसो गर्दा भकुरालाई दुई फाइदा थिए । पहिलो त सर्वसाधारण नागरिक र आप्mना चेलाभुलाकोे अगाडि आपूmलाई समान्य देखाउन वा नेपालमै भइरहेको देखाउने मौका पाउथे । अर्काे फाइदा भनेको क्यानाडाको नागरिक भए पनि गुरु भइखाँदाको हिजोदेखिको सम्मान वा सत्कार आज पनि निरन्तर पाउँथे । भकुराको नेपाल नियमित उपस्थितिले आम नागरिकमा ‘क्यानाडाको नागरिक हो’ भन्ने भाव पर्नबाट जोगाउथ्यो । यो भावलाई मजबुत बनाउन वा नेपालको नागरिक भएकै भान पार्नकोलागि भकुरा प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ मा अतिथि बन्ने भूमिका आफै खेलेर अतिथि बनेर आए । यो अतिथि बन्नकोलागि उनले आयोजक समितिलाई करिब २ लाख रुपैयाँ विभिन्न शिर्षकमा आफै बुझाएका थिए ।

भकुरा आफैले पैसा दिएर आफै अतिथि बन्नुको मुख्य कारण जनसाधारणमाझ आपूmलाई ‘नेपाली नागरिक नै हो’ भन्ने बनाउनु थियो । अझ महोत्सवमा प्रमुख अतिथि बनेर प्रदेश–१ का माननीय मुख्यमन्त्री शेरधन राई आउने भएपछि मुख्यमन्त्री शेरधन राईसँग एकै लहरमा बसेको तस्वीर खिचेर अर्काे व्यापार गर्नु थियो । प्रवृत्तिगतरुपमा हेर्दा भकुराको चरित्र माथिल्लो तहको चर्चित व्यक्तिहरुसँग तस्वीर खिच्ने र ती व्यक्तिहरुले ‘आपूmसँग तस्वीर खिचाएको’ भन्दै धार्मिक व्यापार फैलाउनु नै हो । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग बसेको तस्वीर राखेर उनले सफलरुपमा धार्मिक व्यापार गरेका थिए । यसैगरि सन् २०१७ को दुःखहरण पुजामा उपराष्ट्रपति नन्दकिशोर पुनलाई प्रमुख अतिथि बनाएर व्यापार गर्न खोजेको थियो । सो कुरा उपराष्ट्रपति पुनले थाहा पाएपछि भकुरासँग सँगै बसेनन् जुन कारणले भकुराको व्यापार तल परेको थियो । महोत्सवमा पनि तय भएको कार्यक्रमअनुसार मुख्यमन्त्रीको हातबाट भकुराको सम्मान पनि राखिएको थियो । आप्mनो गुम्दै गरेको धार्मिक व्यापार र बदनाम बन्दै गरेको छविलाई सुधार्ने अवसर भएकोले भकुराले महोत्सव गुमाउनेवाला थिएन । यो सम्मानबाट भकुरा आपूmलाई ‘विवादित हैन’ भनेर देखाउनु र अर्काेतिर गुमेको हैसियतबाट आपूmलाई सुरक्षित अवतरण गर्नु थियो । त्यसैले आफैले लगानी गर्नसम्म तयार भए । अर्थात, आफै सम्भावित फाइदाहरुको अनुमान गरेर परिक्षणमा उत्रिए ।

सकारात्मक परिणामको आशा गरेर भकुराले आपूmलाई परिक्षणमा उतारे पनि असफल भए । जनसाधारणसम्म विवादको विषय भइसकेको भकुरा आपूmले ‘नागरिक जान्ने बुभ्mने भैसकेको’ कुरालाई अनुमान नै गर्न सकेनन् । ठूला कार्यक्रममा ठूलाबडासँग एउटै लहरमा बसेपछि सबै खत माफि हुन्छ भन्ने मात्र सोचे । भकुराभित्र रहेको महत्वाकाङ्क्षाले मुख्यमन्त्री शेरधन राईबाट सम्मान भएको सपनामात्र देखिरह्यो । तर, त्यही महत्वाकाङ्क्षाले महोत्सव नै भाँडिन्दैछ भन्ने कुरासँग बेखबर थिए । दुनियाँको बारेमा भविष्यवाणी गर्ने भकुरा यहीँनेर आफैमा हुन लागेको दुर्घटनासँग बेखबर भए । भकुराले आप्mनो सुरक्षित अवतरण खोजिरहेकै बेला मुख्यमन्त्री शेरधन राई पनि ‘विवादित मान्छेसँग सँगै नबस्ने’ धारणा बनाएका थिए । जुन कुरा मुख्यमन्त्रीको प्रेस सल्लाहकारमार्फत सार्वजनिक भइरहेको थियो । मुख्यमन्त्रीको कार्यक्रम योजनाअनुसार महोत्सव उद्घाटन सकेर जलयात्रामार्फत भोजपुरको अर्काे कार्यक्रममा उपस्थित हुने थियो । तर, भकुरा ‘विवादित मान्छे’ भएकै कारणले मुख्यमन्त्री सप्तकोशीहुँदै जलयात्रामार्फत भोजपुरको कार्यक्रममा सहभागि भए । अर्थात, भकुरा आफैले आपूmलाई गरेको परिक्षणबाट आप्mनो असली हैसियत थाहा पाए ।

मैनामैनीमै जन्मिएका भकुराले आपूmलाई महान बनाउन उनले रचेका कथा हेर्ने होभने जन्मनसाथ भूइँचाल आएको, सानैछँदा जङ्गलमा तपस्या बसेकोजस्ता ज्यादै बजारिया प्रचारहरु समावेश छन् । सो प्रचारले उनलाई धार्मिक व्यापार गर्न त सफल बनायो । तर, उनी ‘भगवानका दूत’ नभइ ‘विवादित व्यक्ति’ हुन् भन्ने कुरा मुख्यमन्त्रीको अनुपस्थितिले प्रमाणित गरिदियो । भकुरा ‘विवादित मान्छे’ भएको विषय सार्वजनिक भइरहँदा पनि भकुरालाई नै विशिष्ठ अतिथि बनाएर मुख्यमन्त्रीलाई विवादमा तान्ने महोत्सवको योजना र मुख्यमन्त्रीको हातबाट सम्मान थाप्ने भकुराको महत्वकांक्षा एकसाथ चकनाचुर भयो । महोत्सवमा भकुराको उपस्थिति नभएको भए महोत्सवले दीर्घकालीन फाइदा लिन सक्थ्यो । आन्तरिक पर्यटनको राम्रो सम्भावना बोकेको मैनामैनीको विशेषता सार्वजनिक हुन आवश्यक छ । जसकोलागि महोत्सव राम्रो अवसर थियो । महोत्सव आयोजक रहेको बेलका नगरपालिकाले मुख्यमन्त्रीलाई विवादमा ल्याउने सोचले विवादित मान्छे भकुरालाई अतिथिको लहरमा राखेपछि भकुरा त पत्तासाफ नै भयो । सबैभन्दा बढी र दीर्घकालीन हानी मैनामैनीलाई नै भयो ।

‘विवादास्पद मान्छे’ भकुराको महत्वाकाङ्क्षा असफल हुनु कुनै ठूलो कुरो रहेन । उनी निरन्तर अवसानको बाटोमा हिँडिरहेका छन् पनि । तर, मैनामैनी महोत्सव नै भकुरासँग सति जानु मैनामैनीकोलागि दुर्भाग्य हो । महोत्सवले मैनामैनीलाई नाम दियो कि बदनाम दियो, मैनामैनीवासीले नगरपालिकासँग बहस गर्नु पर्ने बेला भएको छ । किनकि, आउँदो महोत्सवहरुमा विवादास्पद मानिसहरु विशेष अतिथि बन्ने र सम्मान थाप्ने स्वार्थ नपालोस् ।

[email protected]