धरान : निक्कै विवादित बनेको धरान उपमहानगरपालिकाको कर वृद्धि विवादमा पुनरावोलकनमा सहमति बनेको छ ।

नेपाली कांग्रेससहित अन्य दलहरुको चर्को विरोध पछि समस्या समाधान गर्न संयुक्त सुझाव कार्यदल गठन गरिएको थियो । सो कार्यदलले मंसिर १६ गते राजश्व परामर्श समितिमा सिफारिश गरेको थियो । सो सहमतिको सिफारिशलाई राजश्वज परामर्श समितिले पुष ९ गते निर्णयसहित सिफारिश गरेपछि पुष १० गते कार्यपालिका बैठकले आगामी नगरसभाबाट अनुमोदन गराउने गरी निर्णय गरेको थियो ।

सहमतिबारे उपमहानगर र कार्यदलले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सहमति पछि कर लागु भएको बताइन् । कांग्रेसका नगरसभापति तिलक राईले जनतालाई राहत हुने गरी कर पुनरावलोकन भएको बताए । यद्यपी, करको विषयमा आफ्नो पार्टीको अलग धारणा भएको र त्यसलाई आगामी बर्षहरुमा उपमहानगरले सरोकारवालाहरुसँग समन्वय गर्न आग्रह गरे ।

onetwothreefourfive 1