इटहरी: मझौरा टोल विकास संस्थाको दोस्रो बार्षिक साधारणसभा शनिबार इटहरी १७ मा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहले स्थानीय स्तरमा नै मासिक बचत संकलन गरि क्रण लगानी गरेर समाजमा टेवा पु¥याउनु सुखद् रहेको बताए । उनले भने, ‘टोलमा रहेका घरधुरीहरु मिलेर बचत संकलन गरि आँफूलाई काम पर्दा सस्तो दरमा क्रण लगानी गर्नु सुखद् कुरा हो, टोल बिकासले नै स्थानीयस्तरमा सहकारीको काम गरिरहेको छ ।’ २०७३ असोज १० गते स्थानीय क्रियाशिल युवाहरु मिलेर टोल विकास दर्ता गरि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष गणेश तामाङले बताए । उनका अनुसार यहाँ रहेका ८७ घरधुरी मिलेर मासिक एक सय रुपैँया संकलन गर्दै आएको र उक्त रकम एउटा कोषमा जम्मा गरि क्रण लगानी गर्ने गरिएको छ ।

कार्यक्रममा एस ओ एस सुनसरी प्रमुख शान्तिराम भण्डारी, स्थानीय बुद्धीजीवि धर्मराज बस्नेत लगायतले शुभकामना मंतव्य राख्दै गाम्रीण भेगमा रहेर पनि आफ्नै स्वामित्वमा संस्था सञ्चालन गरि सस्तो व्याजमा क्रण लगानि गर्नु अतुलनीय रहेको भन्दै प्रसंसा गरे । इन्द्र कुमार बास्तोला संयोजक रहेको उक्त कार्यक्रममा लेखा समिति संयोजक दीपक सिलवालले स्वागत मंतब्य राखेका थिए भने कोषाध्यक्षको प्रतिवेदन कोपिला तामाङले प्रस्तुत गरिन् । संस्थाका सचिव सचिन कार्कीका अनुसार उक्त संस्थाले वालवालिकाका लागि सिर्जनात्मक कार्यक्रमको समेत आयोजना गर्दै आएको छ ।

केही समय अगाडि बालग्राममा प्राथमिक उपचार सम्बन्धि सिकाई कार्यक्रम, स्वच्छ वातावरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम, गर्दै आएको उनले बताए । शून्य लगानीबाट सुरु गरिएको उक्त संस्थामा हाल साढे तीन लाख रुपैँया भन्दा बढी पुँजी रहेको उनले बताए । आगामी दिनमा टोल विकासकै माध्यमबाट समाजमा सकारात्मक कार्यक्रमको आयोजना गर्दै जाने उनको भनाई थियो । साथै सोही कार्यक्रमको अवसर पारेर संस्थामा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।