धरान : सडेन डेथको आधारमा धरान ११ गोधुली फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ ।

धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा भएको प्रतियोगितामा धरान ११ ले १९ लाई सडनडेथको आधारमा ० का विरुद्ध १ गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट १÷१ गोल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको छ । खेलको १७ औ मिनेटमा रिवस मास्केले गोल गरेका थिए भने खेलको ६४ औ मिनेटमा निश्चल लिम्बुले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

ट्राइबेकरमा समेत खेल बराबरीमा टुंगिएको थियो । ट्राइबेकरमा धरान ११ बाट अनिल राइ, निरज राई, प्रज्वल राई, प्रवीण राईले गोल गरेका थिए भने विक्कु राईको प्रहार मिस भएको थियो । यस्तै धरान १९ का तर्फबाट योगेश राई, सनम लिम्बु, निशन राई र सन्देश राईले गोल गरेका थिए भने निश्चल लिम्बुको प्रहार बाहिरिएको थियो । ट्राइबेकरमा समेत दुवै टिमबाट ४–४ गोल भएपछि खेल सडनडेथको आधारमा टुंगिएको थियो । सडेन डेथमा धरान ११ का तफबाट अजित राईले १ गोल गरेका थिए भने धरान १९ का शब्बु राईले गरेको प्रहार गोलकिपरले बचाएका थिए ।

खेलको म्यान अफ द म्याच धरान ११ का अनिष राई घोषित भए ।