धरान : आगामी माघ ३ गते देखि हुन लागेको अन्तर विद्यालय छात्रछात्रा बास्केटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा छात्रतर्फ ८ वटा विद्यालय र छात्रातर्फ ६ वटा विद्यालयले सहभागिता जनाउने भएको छ । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यले जुनियर पायनियोर पुर्व विद्यार्थी संगठनको आयोजनामा प्रतियोगिता हुदैछ । प्रतियोगिताको खेल तालिका शनिवार धरान १२ स्थित अमान वजारमा पुर्वाञ्चल वास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र प्रतियोगितामा सहभागि विद्यालय प्रतिनिधिहरुको उपस्थितीमा तयार पारिएको थियो ।

प्रतियोगिताको उद्घाटन खेल जुनियर पायनोर स्कुल र विष्णु मेमोरियल स्कुल विच हुने भएको छ । प्रतियोगितमा धरान बास्केटवल संघ र जिल्ला बास्केटवल संघको सहयोग रहेको छ । प्रतियोगितामा विजयी खेलाडिहरुले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि र उदयमान खेलाडिले समेत ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । खेल धरान १९ स्थित हरियाली सामुदायिक वनको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।