धरान:प्रत्येक शनिबार धरानको भानुचोक र विजयपुर क्षेत्रको पिण्डेश्वर, बुढासुब्बा मन्दिर परिसरमा रहने सडक बालबालिका र अशक्त, असाहय वृद्धवृद्धाहरुलाई प्याकेटमा खाना वितरण हुन्छ । यसरी खाना खुवाउने यो अभियान तथा कार्यक्रमको नाम ह्यापी टमीः रिजन टु स्माइल राखिएको छ ।

खाना पुग्यो भने मान्छेको मन रमाउछ, र अनुहारमा खुशी, हाँसो छाउछ भन्ने नारा हो । यो नारासहित प्रत्येक शनिबार खाना वितरणको अभियान एक बर्ष पुग्नै लागेको छ । यो अभियान धरान १६ स्थित युएन कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थी र शिक्षकहरुले शुरु गरेका थिए । अहिले यो अभियानले व्यापकता पाइसकेको छ । शुरुमा आफ्नै खर्चमा शिक्षक, विद्यार्थीहरुले खाना वितरण गर्थे । अचेल विभिन्न व्यक्ति, संघसंस्थाहरुले पनि सहयोग गर्न थालेका छन् ।

49848539_10214588387516067_5720593424034299904_n copy

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर एवं कार्यक्रमका अभियन्ता शिक्षक गगन श्रेष्ठका अनुसार आज शनिबार पनि विद्यार्थीहरुसँगै सर्मपण अभियान संस्था, एन प्याब्सनसँगै चर्चित गायक आनन्द कार्की, गायिका प्रश्ना शाक्य पनि सहभागी भएर खाना वितरण गरिएको थियो । गायकद्धय शुक्रबार धरानमा समर्पणद्धारा आयोजित आनन्द कार्की एकल साँझ कार्यक्रममा आएका थिए । आज खानासँगै एन प्याब्सनले सडक बालबालिका, वृद्धवृद्धाहरुाई कम्बल पनि वितरण गरिएको थियो ।

ह्यापी टमी:रिजन टु स्माइल कार्यक्रमका अनुसार प्रत्येक साता कम्तीमा ३० जनालाई खाना वितरण गरिन्छ । यो कार्यक्रमले सडकमा वेवारिसे रहेका बालबालिका तथा मन्दिर पिण्डेश्वर, बुढासुब्बा परिसरमा बस्नेहरुलाई असहाय, अशक्त ज्येष्ठ नागरिकहरुलाई वितरण हुन्छ । शिक्षक श्रेष्ठका अनुसार सडक बालबालिकाहरुलाई उनीहरुकै माग अनुसार मासु पुलाउ, कोल्ड ड्रिंग्स दिइने गरिएको छ । चाडपर्वमा स्पेशल खाना दिने उनले बताए । मन्दिर वरिवरीका वृद्धवृद्धाहरुलाई पुरी, तरकारी, जुलबी वितरण गर्ने उनले बताए ।

49838207_10214588388196084_5539504825307234304_n copy

कलेजमा होटल म्यानेजमेन्टअन्र्तगत क्याटरिंग पढ्नुपर्छ । त्यसमा पनि भोलेन्टिर क्याटरिंग पनि पढ्नुपर्छ । विद्यार्थीहरुले नै बिषय पढेपछि गरौ न भनेर व्यवहारिकरुपमा शुरु गरेको कोर्डिनेटर श्रेष्ठले बताए । 'शुरुमा कलेजका सर, विद्यार्थी आफै मिलेर गर्यौ। किचन, मरमसला ग्यास कलेजकै हो । पछि थाह पाएर विभिन्न व्यक्ति, सहयोग गर्न आउनथाले, विदेश गएका विद्यार्थीहरुले पनि सहयोग पठाउछन्उ,'नले भने ।

50060768_10214588388596094_3800454356495499264_n copy