ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सुन तस्करीमा वडाध्यक्षसहित ६ पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । शसस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जनालाई पक्राउ गरेको छ । सिरहा सदरमुकामस्थित सशस्त्र बल हेडक्वाटर ७ नं. गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलन्मार्फत सार्वजनिक गरेको एक घण्टा नबित्दैँ थप तीन जनालाई पनि पक्राउ गरेको बताइएको छ । सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरेका तीन जनाको सुचनाको आधारमा थप तीन जनालाई मिर्चैयाबाट पक्राउ गरेको गणका प्रहरी नायव उपरिक्षक खेमनारायण अधिकारीले बताए । पूर्व–पश्चिम सहकअन्तर्गत गोलबजार नगरपालिका –९ घुर्मी खोला नजिकबाट विशेष सुचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार विहान २ बजेतिर ६ जनालाई पक्राउ गरेको ‘शसस्त्र प्रहरीका डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “सङ्घीयता कार्यान्वयनमा जोड” शीर्षकको समाचारलाई छापेको छ । नेपनली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङघियता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले नेपाली जनताको ठुलो बलिदान र संविधानसभाबाट ल्याइएको संघीयता कार्यान्वयनमा नेपाली कांग्रेसको सहयोग रहने बताए । उनले आगामी माघ १० गत्ते हुने पार्टिको केन्द्रीय समितिको बैठकबाट पार्टिभित्र दीगो एकता कायम हुने चर्चा गर्दै अब पार्टिभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पारे । नेता गच्छदारले डा. गोविन्द केसी र सरकारवीच विगतमा भएको चिकीत्सक सम्बन्धि सम्झौता पालना गर्नुपर्नेमा जोड दिए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “स्ववियु चुनावमा महिला उम्मेदवारको चर्चा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । त्रिभुवन विश्वविद्यायले देशभरका आंगिक र सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यिार्थी युनियनको निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएसंगै विद्यार्थी संगठनहरुवीच चुनावी माहोल बढेको छ । तीनवर्ष अघि २०७३ फागुन १८ गत्ते भएको स्ववियु निर्वाचनको दुइवर्षे कार्यकाल समाप्त भएको परिपत्र आउन अगावै सामान्य चुनावी चर्चा, गतिविधि सुरु भैसकेको थियो । त्रिविको परिपत्र औपचारिक रुपमा आएपछि चुनावी माहोलले तीब्रता लिएको छ । त्रिविका ६० आंगिकसहित १ हजार ८३ क्याम्पस छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष्य निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ । दुई वर्ष अगाडिदेखि उमेर हद २८ वर्ष कायम गरेको छ । आउँदो चुनावमा १९ पदका लागी विधर्थीहरु प्रतिस्पर्धामा सामेल हुनेछन् । क्याम्पस ईकाइ कमिटि, जिल्ला तह देखि केन्द्रसम्म चुनाव आफ्नो पक्षमा पार्न विधार्थी संगठन रणनीती बनाउन ब्यस्त देखिएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा कुल ३ हजारको संख्यामा विधार्थीहरु छन् । त्यसमध्ये करिब ५० प्रतिशत महिला छन् । यद्यपी यसपालीको चुनावमा समेत नेतृत्व तहमा महिला सहभागिता कम हुन संकेत देखिएको छ । नेविसंघ, अनेरास्ववियु, जस्ता देशको ठुलो दलको भातृ संगठनबाट समेत सभापतिको लागी महिलालाई उम्मेदवार बनाएर अगाडि जाने देखिएका छैनन् । प्रत्यक्ष निर्वाचनमा भन्दा पनि समानुपातिक निर्वाचनमा मात्र महिलालाई अघि सार्ने संगठनको रणनीति रहदैँ आएको छ । यसपाली पनि त्यही नीति दोहोरीने देखिन्छ । यद्यपी महिलालाई नेतृत्व तहमा उठाउन सकिने संगठनहरुले झिनो संकेत भने देखाएका छन् । मुलुकमा विगत ४ दशकदेखी स्ववियु चुनाव हुदाँसम्म पनि महिला सभापती बन्न नसक्नु दुखद पक्ष हो । महेन्द्र क्याम्पस धरानका स्ववियू सभापति तथा संघिय समाजवादि विधर्थी फोरम सुनसरीका सदस्य सागर चेम्जोङले प्रत्यक्ष निर्वाचन प्रणाली रहेसम्म महिला नेतृहरु नेतृत्व तह सम्म पुग्न नसक्ने बताए ।