धरानः धरानमा जारी १९ औं अन्तर वडास्तरीय गोधुली फुटबल कप अन्तर्गत आइतबारको खेलमा धरानको वडा नं १३ सेमीफाइनलमा प्रवेश गरको छ ।

धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको क्वाटरफाइनले खेलमा धरानको वडा नं १६ लाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै वडा १३ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमले १÷१ गोलको बराबरी खेलेपछि खेलको छिनोफानो ट्राइबे्रकरबाट निकालिएको थियो । ट्राइबेकरमा वडा १३ का विवेक राई, सुदिन याक्खा र अशोक कट्वालले गोल गर्दा वडा १६ का तिनै जनाले गोल गर्न चुकेपछि अन्तिम चारमा वडा नं १३ ले स्थान बनायो ।

निर्धारित समयको खेलमा पहिलो हाफको छैटौ मिनेटमा वडा १६ का सुदिप राईले गोल गदै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५९ औं मिनेटमा वडा १३ का विवेक राईले खेल बराबरी बनाए । खेलको म्यानअफ दि म्याच पनि विवेक राई नै घोषित भए । सोमबारको क्वाटरफाइनल खेल वडा नं १४ र वडा ६ बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।