इटहरी: आगामी माघ १२ गतेदेखि इटहरीमा दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ ।

राष्ट्रिय जागृति क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै गोल्डकप माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । गोल्डकपमा नेपालका ए डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, थ्री स्टार, झापा ११, आयोजक राष्ट्रिय जागृती क्लबसँगै बिभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब सहित ८ टिम हुनेछ । अन्र्तराष्ट्रिय टिम पनि सहभागिता रहने आयोजक क्लबका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिए । उनका अनुसार डिफेन्स टिम फेमेली क्यामरुन र जर्ज टेलिग्राफ कलकत्ता, भारतको टिम पनि प्रतियोगितामा सहभागी हुनेछ ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने निश्चित भएको ढुंगानाले बताए । यसबर्षको गोल्डकपको उपाधि विजेताले नगद १६ लाख राशीसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने एन्फा सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले जानकारी दिए । उनका अनुसार गत वर्षको गोल्डकप बिजेताले नगद १२ लाख पुरस्कार पाएकोमा यसबर्ष पुरस्कार राशी वृद्धी गरी १६ लाख पु¥याइएको हो ।

यसबर्षको उपबिजेता टिमले नगद ८ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजार सहित ४२ इञ्चको एलइडी टिभी पाउनेछन् भने सर्वाधिक गोलकर्ताले नगद ३० हजार पाउने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । अन्य बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीले नगद २० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद दश हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६५ लाख खर्च हुने अनुमान गरिएको सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।