इटहरी :सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा सञ्चालित सप्ताहव्यापी खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरियो ।

विद्यालयको वार्षिक उत्सवको अवसर पारेर आयोजित खेलकुद प्रतियोगितामा सहभागी भई विजयी वन्न सफल खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । सोही कार्यक्रममा विद्यालयका पुर्व खेलकुद शिक्षकहरु जयपाल बोहोरा र बासुदेव साहलाई विद्यालयको तर्फबाट सम्मान गरियो ।

त्यसै गरि प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीनाथ दंगाल लगायतका अतिथीहरु प्रमाण पत्र तथा मेडल वितरण गरेका थिए । विद्यालयको वार्षिक उत्सवका अवसरमा भलिवल, फुटवल, उसु लगायतका खेलहरु सप्ताहव्यापी रुपमा आयोजना गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न खेलको कलाकौशल प्रस्तुत गरेका थिए ।