धरान: वुमन वर्थ गु्रपले आफ्नो “एक महिना एक काम” अभियान अन्र्तगत महिलाहरुमा हुने महिनावारी सम्वन्धी समस्या तथा समाधानको विषयमा प्रशिक्षण तथा अन्तरक्रिया जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

धरान ५ स्थित सरस्वति मावि पानवारीका कक्षा ९ र १० का छात्रा विद्यार्थीहरुबीच सोमवार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको हो । करिव १ सय ५० जना छात्रा विद्यार्थीहरुलाई धरान १८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानका डा. रक्षा उप्रेतीले महिनावरी सम्वन्धी समस्या तथा समाधानको विषयमा जानकारी गराएकी थिइन् । विद्यार्थीहरुले पनि आफ्नो समस्याको विषयमा खुलेर डा.उप्रेती माझ राखेका थिए ।

अन्तरक्रियाको समयमा विद्यालयका शिक्षिकाहरुको पनि सहभागिता रहेको थियो । सोही दिन वुमन वर्थ गु्रपले सहभागि छात्रा विद्यार्थीहरुलाई प्याड समेत वितरण गरेको थियो । कार्यक्रममा वुमन वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठ, प्रमुख अतिथि धरान ६ वडाध्यक्ष भुवनसिंङ्ग वस्नेत, विद्यालयका प्रध्यापक गंगा धमला, मिसेस स्टेट १ की विजेता सम्झना घातानी, मिसेस स्टेट फस्ट रनरअप कानुन कार्की लगायतको उपस्थिति रहेको थियो ।