धरान : धरानमा जारी १९ औं संस्करणको अन्तरवडा स्तरीय रेडबुल गोधुली फुटबल कप अन्तर्गत सोमबारको खेलमा धरान–६ सेमिफाइनलमा प्रबेश गरेको छ ।

एन्फा एकेडेमीको खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा धरान–१४ लाई २–१ गोल अन्तरले हराउदै धरान–६ ले सेमिफाइनलको यात्रा तय गरेको हो । धरान–६ का किरण मगरले पहिलो हाफको २२ औं र दोस्रो हाफको ४२ औं मिनेटमा  २ गोल गदै टिमलाई जिताए । खेलको म्यानअफ दि म्याच पनि किरण नै घोषित भए । धरान–१४ बाट सानत्वना गोल अविनाश तामाङले गरेका थिए । भोलीको खेल धरान–१५ र धरान–१७ बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।