पाँचथर: पाँचथरको फिदिममा आयोजित रूस्लान १० औ फाल्गुनन्द गोल्ड कप २०७५ मा झापा ११ च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनले खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मी क्लबलाई २ १ को झिनो गोलअन्तरले हराउदै झापा च्याम्पियन बनेको हो । झापाको जितमा पुजन उपरकोटी नायक सावित भए । उनले पहिलो र दोस्रो हाफमा गोल गर्दै झापालाई उपाधि दिलाए ।पहिलो हाफको २३ औं मिनेटमा पुजनले गोल गर्दे खेलमा झापालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ७१ औं मिनेटमा आर्मीका राजिव गुरुङले बराबरी गोल गरे । तर, खेल सकिन ७ मिनेट बाँकी रहदा पुजनले गरेको दोस्रो गोल फाइनलको निर्णायक गोल बन्यो ।

च्याम्पियन झापाले नगद ४ लाखसहित उपाधि ट्रफी उचाल्यो भने उपविजेता त्रिभुवन आर्मीले २ लाखमा चित्त बुझायो विजेता, उपविजेता टिमका खेलाडीहरुलाई राखेपका उपाध्यक्ष एवं समापन समारोहका प्रमुख अतिथि पिताम्बर तिम्सिनाले पुरस्कार वितरण गरेका थिए ।