उदयपुर : उदयपुरमा किसानले रहरले लगाएको चियाखेती प्रविधिक ज्ञान र जनशक्ति अभावले जंगलमा परिणत भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका ६ र ४ नम्वर वडामा लगाइएको चियाखेती जंगलमा परिणत भएको हो। २०७० सालमा हालको रौतामाईको रौतापोखरी, निकास, चिसापानी, मलबासे, नामन्ता लगायत क्षेत्रमा रोपिएका दुई चियाका विरुवा अहिले जंगलमा परिणत भएको किसानको भनाइ छ । तत्कालीन रौतारानी कृषक समूहका अध्यक्ष विष्णुबहादुर कटुवालका अनुसार प्राविधिक ज्ञान र दक्ष जनशक्ति गाउँमा नहुँदा चिया खेती झाँडीमा परिणत भएको हो।

ईलामबाट ल्याईएको विरुवा र पछि रौतापोखरीको निकास, रौता र मलबासेमा चिया बगान सुरु गरिएको थियो। चिया सम्बन्धि प्राविधिक ज्ञान र दक्ष जनशक्तिको कमिले गर्दा जंगल बन्दै गएको छ । सरकारी सहयोगमा चियाको बारेमा प्राविधिक ज्ञान नहुँदा चिया बगानबाट आम्दामी लिन नसिकिएको किसानको गुनासो छ ।