इनरुवा: सुनसरीको दुहवी नगरपालिकामा नगरस्तरीय योजना अन्तर्गत दुहवी ३ स्थित जेसिज चौकदेखि उत्तर, वडा २ र ९ हुँदै सोनापुर, मधेली सडक ग्राभेल गर्ने कार्यमा गुणस्तरहिन काम भएको भन्दै दुहवीका स्थानीययहरु आक्रोशित भएका छन् ।

आक्रोशित स्थानीयबासीले गुणस्तरहिन ग्राभेल काममा अवरोधसमेत गरेका छन् । नगरपालिकाले नियमितरुपमा अनुगमन एवं निरीक्षण नगर्दा दुहवीमा भइरहेको विकास निर्माणको काम गुणस्तरहीन भइरहेको र ठेकेदारले निर्माणमा पनि लापरवाही गरिरहेको स्थानीयबासीको भनाई छ । करिब १५ सय मिटरको ग्राभेल वाटोमा कोटेसन अनुसार ६ इन्च ग्राभेल बटो हुनु पर्नेमा रोलर गरी सक्दा समेत १ देखि २ इन्चसम्म मात्र ग्राभेल देखिएको भन्दै स्थानीयासीहरु आक्रोशित भएका हुन् । स्थानीय ताविज हुसैनका अनुसार इस्टिमेट अनुसार काम नभएको र गुणस्तरहिन बाटो बन्ने भएकोले काम रोक्नु परेको बताए । यो बाटो ग्राभेल गर्न भगवती कन्ट्रक्सन देवानगञ्ज ७ सुनसरीले ३५ लाख २७ सय ८७ मा ठेक्का लिएको छ ।

49792271_948407298691447_5709849417314467840_n copy

दुहवी वडा नम्वर ९ का अध्यक्ष मेहदी हुसैनले ग्राभेल बटो हेर्दा गुणस्तरहिन काम भएको देखिएपछि तत्काल रोलर चलाउने कार्य बन्द गराएको बताए । साथै उनले स्थानीयहरुलाई सम्झाइ बुझाइ पठाएको पनि अध्यक्ष हुसैनले बताए । उनका अनुसार ठेकेदारले मापदण्ड अनुसार नै काम गरे मात्र सुचारु हुने वताए । आक्रोशित स्थानीयबासीले ग्राभेल कार्य रोकेपछि दुहवी नगरपालिकाका इन्जिनीयर हेम नारायण माझी र सव इन्जिनियर अविनास गोश्वामीले रोलर गरिसकेपछि ग्राभेल बाटो फाइनल हुने भन्दै कोटेसन अनुसार काम नभएको बताए । उक्त बाटो २०७५ पुस ३ गते ग्राभेल गर्ने सम्झौता भएको थियो । २०७५ चैत मसान्त सम्ममा आयोजना सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।