ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “हिउँदे अधिवेशन बोलाउन प्रदेश सरकारको आलटाल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –
१ नम्बर प्रदेश सरकारले सरकार विस्तारमात्रै होइन, संसदक हीउँदे अधिशेन बोलाउनसमेत ढिलाइ गरेको छ । सरकारले अझै ‘संसद्को हिउँदे अधिवेशन बोलाउन आलटाल गरेको हो । सभामुख र प्रतिपक्ष दलले सरकारलाई संसद्को हिउँदे अधिवेशन बोलाउन पटक–पटक आग्रह गरीरहेको भए पनि प्रदेश सरकारले भने अटेर गरिरहेको उनिहरुको आरोप छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले अब संसद् बोलाउँदा बिजनेस अभाव नहुने भएपनि केन्द्रले बनाउने कतिपय कानुन निर्माणपछि बन्ने प्रदेशका कानुन बनाउने उद्देश्यले ढिलाई भएको हुनसक्ने बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आफुलाई सरकार छ जस्तो नलागेको बताए । सरकार के गर्दैछ, संसद् किन नबोलाएको भन्ने पनि आफुहरुलाइृ जानकारी छैन उनले भने, ‘मिनी संसद्को रुपमा रहेको समितिका सभापतिहरु च्यन गर्न पनि नसक्नु प्रदेश सरकारको असफलता हो ।’ हाल संसद्मा ६ वटा विधेयक दर्ता भएका छन् । ६ वटा विधेयक छलफल गर्दा निक्कै समय बित्छ । त्यसबाहेक प्रदेशको नामाकरण र राजधानीको विषय टुंग्याउन पनि बाँकी नै छ । यता प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने अब माघ १५ पछि मात्रै हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको बताए ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “जलविधुतको काम तीव्र गतीमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –

भोजपुर जिल्लाके सबैभन्दा ठुलो ५ मेघावाट विधुत क्षमताका इष्टर्न हाइड्रो पावर आयोजनाको काम सम्पन्न हुन बाँकी रहेको छ । प्राविधिक समस्यााको कारण झण्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविधुत आयोजनाको काम अहिले तीब्र गतीमा बढेको हो । १ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पिपिए अनुसार ०७६ असार मसान्तसम्म सकिने सम्झौता भएपनि निर्माण कार्यको गती हेर्दा चालु आर्थिक वर्ष ०७५÷७६ को फागुन अन्तिममा सकिने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाका फेब्रिकेशन –कच्चा फलामका पातालाई पाईपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), मुहानको बाँध निर्माणको काम भइरहेको इष्टर्न हाइड्रो पावरका इन्जिनियर रोशन शाहले बताए ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “नियुक्तिको चौतर्फी विरोध” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । –

पूर्वाञ्चल विश्वविद्याल –पूर्वि) ले एकपक्षिय रुपमा सह रजिष्ट्रार र सह–डीन नियुक्त गरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठनले विरोध जनाएको छ । संगठनको प्रदेश समिति संयोजक पीतकुमार श्रेष्ठले नियुक्त प्रक्रिया गेरकानुनी भएको बताएका छन् । श्रेष्ठद्धारा सोमबार जारी विज्ञप्तीमा नियुक्ति बदर गर्न माग गरिएको छ । अपूर्ण रहेको कार्यकारी परिषदले महत्वपूर्ण पदहरुमा नियुक्तिगर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दास र प्राध्यापक संघ–संगठनबीच भएको सहमतिअनुसार महत्वपूर्ण निर्णय गर्दा सरोकारवाला पक्षसंग सरसल्लाह नभएको जनाइएको छ । विश्वविद्यालयले सह–रजिष्ट्रारमा समन्वय महाशाखा प्रमुख राजेश झा र विज्ञान तथा प्रविधि संकायको सहडिनमा कोमल दुलाल नियुक्तलाई आइतबारदेखि लागु हुनेगरी नियुक्त गरेको हो । तर सो नियुक्ति लगत्तै प्राध्यापकका संघ संगठनका साथै कर्मचारी संघसमेत तालाबन्दीमा उत्रिएका हुन् ।