धरान : स्वरोजगार तथा स्वावलम्वन बनाउने उद्देश्यले प्रदेश नं. १ एनसीएफएन युवा समितिको आयोजनामा व्यावसायिक सिताके च्याँउ उत्पादन तालिम सम्पन्न भएको छ ।

तालिम धनकुटाको साँगुरीगढी डाँडाबजारको साइरेनी चर्च भवनमा सम्पन्न भएको हो । च्याउ उत्पादन तालिममा ५० जनाले सहभागिता जनाएका थिए । तालिम जानेपछि व्यक्ति, परिवार, समाज तथा राष्ट्रको आर्थिक उन्नतिमा फाईदा पुग्ने बताइएको छ । उक्त तालिम पुष २४ गत्तेबाट सुरु भएर समापन भएको आयोजकले जनाएको छ ।

च्याउ उत्पादन तालिममा प्रदेश नं. १ एनसीएफएन युवा समितिका सभापती तथा अध्यक्ष डिकन बसन्त राई, त्यसैगरी प्रमुख अतिथि सोही समितिका उपाध्यक्ष तथा पालिका अध्यक्ष गंगा राई, च्याउका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारी, उपाध्यक्ष बम लाल खवास, महासचिव सतेस कार्की, सदस्य विजय सापकोटा, १ नं. प्रदेशको सदस्य दिपक कुमार महत्तो, सुनसरी इन्चार्ज दिपक आचार्य, केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, सुनसरी जिल्ला सचिव भुवन दाहाल, वविया विर्ता तथा तरकारी संघका सदस्य कुमार माझि लगायतको उपस्थिति रहेको थियो ।