धरानः धरानमा जारी १९ औं संस्कणको अन्तर वडास्तरीय रेडबुल गोधुली कप अन्तर्गत मंगलबारको खेलमा आयोजक धरान वडा नं १७ सेमिफाइनल प्रबेश गरेको छ ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा १५ लाई ३–० को फराकिलो गोल अन्तरले हराउदै वडा १७ सेमीफाइलनको यात्रा तय गरेको हो । योसंगै सेमिफाइनल खेलको समिकरण पनि पुरा भएको छ । खेलको १२ औं मिनेटमा वडा १७ का मिलन राई गोल गदै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो हाफको ४९ औं मिनेटमा दिवस सुनवार र ८० औं मिनेटमा तपन कार्कीले गोल आयोजकको सेमीफाइनलको यात्रा पक्का गरेका थिए ।

DSC00024 copy

खेलको म्यान अफ दि म्याच वडा १७ कै दिवस सुनावार घोषित भए । खेल अवधिभर निक्कै प्रयास गरेपनि वडा १५ ले भने कुनै पनि गोल गर्न सकेन । खेल अवधिभर वडा १५ ले वडा १७ लाई निकै दवाबमा राखेको थियो, तर स्कोर भने गर्न सकेन । अब सेमीफाइनलमा वडा १७ ले वडा १३ को सामना गर्नुपर्ने छ । भोली बुधबारको खेल वडा ११ र वडा ६ बीच पहिलो सेमीफाइनल हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

DSC00027 copy DSC00033 copy