धरान : स्नोकर खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा स्नोकर खेललाई व्यावसायीक बनाउने उद्देश्यले धरानमा माघ ५ गतेदेखि धरान स्कुनर च्याम्पियनसिप हुने भएको छ ।

धरान १६ स्थित जोजोलपा स्नोकर क्लवको आयोजनामा च्याम्पियनसिप हुन लागेको हो । धरानमा धेरै बर्ष अघिदेखि स्नोकर खेलिदै आए पनि सौखले मात्र खेल्दै आइरहेका थिए । ती खेलाडीहरुलाई व्यवस्थापन गर्दै व्यवसायीक रुपमा अघि वढाउने प्रयासमा च्याम्पियसिपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गौतम खालिङ्गले बताए । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैया, उपविजेताले १५ हजार रुपैया र हाइएस्ट व्रेकरले १० हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता धरान १६ स्थित जोजोलपा स्नुकर क्लवमा हुनेछन । प्रतियोगितामा धरान भरिका करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

धरानमा मात्र पाच सय भन्दा वढिस्नोकर सौखिन रहेको आयोजक जोजोलपा स्नोकर क्लवका संचालक असोक वर्जचार्य वताउछन । करिब २० बर्ष अघिदेखि स्नोकर खेल्न थालेको बज्रचार्यले ६ महिना अघि आप्mनै जग्गामा करिव ४० लाखको लागतमा स्नुकर क्लव खोलेका छन् । स्नुकरका सौखिन वर्जचायले धरानमा व्यवस्थित स्नुकर हाउस नभेटेपछि उनि आफैले स्नुकर क्लव संचालनमा ल्याएको उनले जनाए । वर्जचार्यले खोलेको जोजोलपा स्नोकर क्लवमा ५ वटा स्नुकर वोर्ड छन । क्लवलाई सुविधायुक्त वनाउन हलमा एसि समेत जडान गरिएको छ । प्रथम स्नुकर च्याम्पियन पछि प्रदेश स्तरिय स्नोकर च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको आयोजकले जनाए ।