भारतको प्रयागराजमा १२ बर्षे ‘कुम्भमेला’ आजदेखि सुरु भएको छ । यो मेला विश्कै सबैभन्दा ठूलो मेला हो । भारतको प्रयागराजमा पहिला शाही स्नान गराएर कुम्भ मेलाको सूरुवात गरिएको हो । मेला करिब ४५ दिनसम्म चल्नेछ ।

मंगलबार बिहान साधु–सन्तहरुले शाही जुलुस निकाल्दै शाही स्नान सुरु गरेका छन् भने सबै ठाँउका लागि छुट्टाछुट्टै स्नान समय निर्धारण समेत गरिएको छ । मेला भर्न र स्नान गर्न भारतभरि तथा नेपाल र अन्य विभिन्न देशबाट तीर्थयात्रीहरु भारत पुगेका छन् ।यो अवसरमा पवित्र पौराणिक नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गममा हिन्दू धर्मावलम्बीहरुको ठूलो घुइँचो लाग्छ । आउँदो फ्रेब्रुअरी ४ का दिनलाई सो सङ्गममा स्नान गर्ने सबैभन्दा उत्तम दिन मानिएको छ ।

_105167858_kumbh-mela-gettyimages-9

मेलामा करिब १२ करोड तीर्थयात्रीहरू आउने अनुमान छ । यो मेला गत वर्ष साउदी अरेबियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो हुने जनाइएको छ । फ्रेब्रुअरी ४ का दिन दिन मात्रै ३ करोड तीर्थालुहरूले सो स‌ंगलस्थलमा स्नान गर्ने अनुमान छ ।प्रत्येक १२ वर्षमा आयोजना हुने सो कुम्भ मेलाको मिति, अवधि र स्थान ज्योतिषशास्त्रअनुसार पहिले नै तय गरिएको हुन्छ । यसपालीको मेलामा आउने तीर्थयात्रीका लागि निशुल्क खानेबस्ने व्यवस्था समेत मिलाइएको छ ।