ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले पहिलो पृष्ठमा “धार्मिक मेलामा खुल्लम खुल्ला मदिरा” शीर्षकको समाचारलाई छापेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको कन्काई माईमेलामा खुल्लम खुल्ला मदिरा र मदिराजन्य सामग्री बिक्रिवितरण भईरहेको छ । माघदेखि झापा जिल्लालाई मदिरा नियन्त्रित जिल्ला बनाउने घोषण भइरहँदा माइमेलाले उक्त घोषणलाई कुरी कुरी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिकस्थलमा मदिराजन्य सामग्रीको बिक्रीवितरण गर्न नदिने भनेर घोषणा कन्काई नदिको किनारमा लागेको मेलामा भने कार्यान्वयन भएको छैन । गत असोज ७ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्लाका सबै स्थानीय तहबीच भएको छलफलले झापालाई मदिरा नियन्त्रित बनाउने र त्यसको कार्यान्वयन माग १ गतेबाट गर्ने भनेर निर्णय गरिएको थियो । तर सो निर्णयको कार्यान्वयनको पहिलो गाँसमै ढुंगा लागेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकले “आरक्षमा हात्ती र मान्छे मर्ने क्रम बढ्दो” समाचारलाई पहिलो पृष्ठमा छापेको छ । छ दिन अघि कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा एउटा जङगली हात्ती मरेको अवस्थामा भेटियो । २५ वर्ष उमेर पार गरेको मोटो दाह्रा भएको हात्ती कोसीको पूर्वी भंगालो नजिकै मरेको भेटिएको हो । कोसी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो दस वर्षयता ६ वटा जंगली हात्ती मरिसकेका छन् । आरक्ष क्षेत्रमा १५ देखि २० वटा जंगली हात्ती भएको आरक्ष प्रशासनले जनाएको छ । यीमध्ये एकपछि अर्को मर्ने संख्या बढिरहेको छ । जसले गर्दा हात्तीमा संकट सिर्जना भइरहेको छ । आरक्ष क्षेत्रमा जंगली हात्ती मृत्यु हुने र जंगली हात्तीको आक्रमणबाट कोसी टप्पु बन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रका सर्वसाधारणको शृंखलाबद्ध रुपमा मृत्यु पनि भइरहेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकले “प्रमुख नहुँदा सेवा प्रभावित” शिर्षकको समाचार पहिलो पृष्ठामा छापेको छ । श्रम कार्यालय विराटनगर केही समययता प्रमुखविहिन बनेको छ । सरुवा विवादले प्रमुखविहिन बनेको श्रम कार्यालयले दिदै आएको सेवा प्रभावित भएको छ । प्रमुख नहुँदा वैदेशीक रोजगारीका श्रम स्वीकृति दिने कार्य पनि अनिश्चित बनेको छ। वैदेशिक रोजगारीको सेवा विकेन्द्रित गर्दै सरकारले सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरे अनुसार पुस १५ गतेबाट विराटनगरबाट बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी भएको थियो । तर कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलको र निमित्त प्रमुख मणिनाथ गोपको एकैसाथ सरुवा भएपछि श्रम स्वस्कृतिको काम सुरु हुन सकेको छैन । श्रम कार्यालय विराटनगरका अधिकृत ताम्रराज काफ्लेले कार्यालय प्रमुख नहुँदा समस्या हुने गरेको बताए । उनले श्रम अधिकृत सञ्जेलको सरुवा भएपछि निमित्त भएर आएका मणिनाथ गोपको समेत सरुवा भएकाले कार्यालयले दिदैँ आएको सेवा प्रभावित भएको बताए ।

औजार : आजको औजार दैनिकले “वडाध्यक्षले उपमेयरलाई दिए धम्की” समाचारलाई पहिलो अंकमा छापेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले विना सुचना अनगमन गरेको भन्दै इटहरी ३ का वडाध्यक्ष बाकृष्ण विष्टले धम्की दिएको अडियो सार्वजनिक भएको छ । बुढीखोला अनुगमन गर्न जाने क्रममा वडाध्यक्ष विष्टले उपमेयर गौतमलाई आफनो वार्डमा बिना सूचना किन अनुगमन गर्न गएको भन्दै धम्कीको भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको हो । उपमहानगरपालिकाले इटहरी ३ मा रहेको बुढीखोलामा ठेक्का नलगाई राखेको थियो । उपमहानगरपालिका तथा वडा कार्यालयको काममा मर्मत सम्भार गर्न । प्रयोग गर्ने गरी खोला ठेक्कामा नलगाई राखिएको बताइएको छ । तर सो क्षेत्रबाट व्यक्तिगत काममा समेत ढुङ्गा प्रयोग हुने गरेको सूचना पाएपछि छड्के अगमनको लागि गौतम निस्केकी थिईन् ।